०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
×

आज मिति वि. सं. : २०८० पुष २१ गते शनिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, पुष २१, २०८०

आजको पञ्चाङ्ग
वि. सं. : २०८० पुष २१ गते शनिबार

इ.सं. : 6th January 2024 (Saturday)

सूर्योदय: विहान 06:57 बजे

सूर्यास्त: बेलुका 17:22 बजे

तिथि : दशमी 20:59 सम्म, तत्पश्चात् एकादशी

पक्ष : पौष कृष्णपक्ष

नक्षत्र : स्वाती 18:30 सम्म, तत्पश्चात् विशाखा

योग : धृति 28:02 सम्म, तत्पश्चात् शूल

करण : वणिज 08:36 सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: तुला

ऋतु : हेमन्त

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चन्द्रमाको सातौं स्थानको गोचरको शुभ प्रभावले पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ । बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिका व्यक्तिहरुको आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै शेयर बजारबाट पनि लाभ लिन सकिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका व्यक्तिहरुको लागि समय मध्यम रहेको छ। रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट फाइदा लिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका व्यक्तिहरुको लागि आज समय सामान्य रहेको छ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। काममा उचित समय दिन सकिंदैन। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ। आज नयाँ लगानीको लागि समय अनुकूल छैन। आफन्त तथा साथीभाईसँग विवाद पर्न सक्ने रहेकाले ध्यान दिनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका व्यक्तिहरुको लागि आज दिन राम्रो रहेको छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिका व्यक्तिहरुको लागि आज दिन मध्यम रहन सक्छ। परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ। अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनुपर्छ। सहकर्मी वा साथीभाईबाट अपेक्षा गरेअनुसारको सहयोग नमिल्न सक्छ। आयआर्जनको क्षेत्र आज मध्यम रहन सक्छ। पढाईमा अलिक मेहनत गर्नुपर्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ। मनमा उत्साह र उमङ्ग रहन सक्छ। शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ। नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ। पारिवारिक सामिप्यता बढ्न सक्छ। विद्यार्थीहरुको पढाईमा ध्यान जान सक्ने र राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुने व्यक्तिहरुको लागि आज दिन प्रतिकूल रहन सक्छ । सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ। कल्पना नगरेको ठाउँमा खर्च गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभव हुने र काम गर्ने जोशजाँगर कम हुन सक्छ। विद्यार्थीहरुले पढाईमा उचित ध्यान दिन नसक्दा उचित परिणाम प्राप्त गर्न कठिन हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । चन्द्रमा गोचर आज दशौँ रहने भएकालेउचित मेहनतले गरिएको कामबाट लाभ हुने समय छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । पारिवारिक तथा प्रेम सम्बन्ध राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईबाट सफलता प्राप्त गर्न सक्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुने व्यक्तिहरुको लागि आज दिन मध्यम रहन सक्छ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा सामान्य विवाद आएपनि त्यसलाई समाधान गर्न सक्ने समय छ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिन जरुरी छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुने व्यक्तिहरुको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । गोचरमा अष्टम चन्द्रमाको प्रभावले शरीरमा चोटपटक लाग्न सक्ने, धनको हानि हुन सक्ने समय छ। सहकर्मी तथा मित्रबाट असहयोग हुन सक्छ भने जीवनसाथीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]