२१ भाद्र २०८३, आइतबार
06-09-2026 , Sun
×

किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाकाे प्रथम अधिवेशन–२०२६ सम्पन्न ,अध्यक्षमा हरी वाजी निर्वाचित

Logo
Manoj Dashaundi प्रकाशित सोमबार, साउन ०४, २०८३

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै सदस्य सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। साथै नयाँ पुस्तामा आफ्ना भाषा, संस्कार तथा सांस्कृतिक मूल्य–मान्यता हस्तान्तरण गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि निम्न पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ।


नवनिर्वाचित कार्यसमिति
अध्यक्ष: हरी वाजी
उपाध्यक्ष: बिरु आङबोचङ्ग
उपाध्यक्ष: शंकर बेघा
उपाध्यक्ष: सागर तुम्बापो
सचिव: ज्वाला योङहाङ्ग
सहसचिव: लक्ष्मी सवेहाङ
महिला उपाध्यक्ष: गंगा बेघा
कोषाध्यक्ष: जमुना मादेन

सलाहकारहरू:
हेमराज योङहाङ
राजेन्द्र खापुङ

कार्यसमिति सदस्यहरू
दिपेन चोङवाङ
सानु यक्तेन
सुरज इजम
सुनील चेम्जोङ्ग
मोहन फागो
सञ्जीव लिङ्देन
मिलन बेघा
योगेन्द्र लिम्बु
फुलमाया केरुङ
अर्जुन लावती
नीर प्रसाद नेम्वाङ्ग
तृर्वत थेबे
लोकेन सेर्पा
माया लिम्बु

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिनुका साथै गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाका उपाध्यक्ष दिल केरुङ लिम्बु लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अधिवेशनमा सहभागीहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त, प्रभावकारी र समुदायमुखी बनाउँदै भाषा, संस्कृति तथा पहिचान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]