०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको ‘प्रथम अधिवेशन–२०२६’ १९ जुलाई (आइतबार) का दिन सम्पन्न हुँदै।

Logo
Manoj Dashaundi प्रकाशित शुक्रबार, साउन ०१, २०८३

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ।

संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ।

कार्यक्रममा जोहोर तथा मलेसियाका विभिन्न क्षेत्रबाट रहेका लिम्बू समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रम २०२६ जुलाई १९ (आइतबार) बिहान १०:०० बजे JO Hotel, Johor Bahru मा आयोजना हुनेछ।

आयोजकले मलेसियामा रहेका सम्पूर्ण किराँत–लिम्बू समुदाय तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेको छ।

आयोजक:
किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसिया
मिति: १९ जुलाई २०२६ (आइतबार)
समय: बिहान १०:०० बजे
स्थान: JO Hotel, Johor Bahru, Malaysia

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]