१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको ‘प्रथम अधिवेशन–२०२६’ १९ जुलाई (आइतबार) का दिन सम्पन्न हुँदै।

Logo
Manoj Dashaundi प्रकाशित शुक्रबार, साउन ०१, २०८३

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ।

संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ।

कार्यक्रममा जोहोर तथा मलेसियाका विभिन्न क्षेत्रबाट रहेका लिम्बू समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ। अधिवेशनले संस्थाको आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रम २०२६ जुलाई १९ (आइतबार) बिहान १०:०० बजे JO Hotel, Johor Bahru मा आयोजना हुनेछ।

आयोजकले मलेसियामा रहेका सम्पूर्ण किराँत–लिम्बू समुदाय तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेको छ।

आयोजक:
किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसिया
मिति: १९ जुलाई २०२६ (आइतबार)
समय: बिहान १०:०० बजे
स्थान: JO Hotel, Johor Bahru, Malaysia

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]