२१ भाद्र २०८३, आइतबार
06-09-2026 , Sun
×

आज मिति २०८३ वैशाख १६ गते बुधबारकाे राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख १६, २०८३

आज मिति २०८३ वैशाख १६ गते बुधबारकाे राशिफल

मेष

मेष राशि भएकाहरूका आज समय राम्रो रहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । आफन्तजनसँग सम्बन्धमा सुधार आउनेछ । नोकरीबाट मानसम्मान मिल्नेछ ।

वृष

वृष राशि भएकाहरूका लागि आज राम्रो छैन । आँटेको काममा बाधा अड्चन आउनेछ । नयाँ लगानीगर्दा घाटा व्यहोर्नु पर्ने हुनसक्छ । अनावश्यक खर्च बढ्ने छ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला ।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज खराब रहेको छ । शत्रुहरु बढ्नेछन् । मनमा उत्साह र उमङ्गको कमी हुनेछ । सरकारी काममा विलम्ब हुनेछ ।

कर्कट

कर्कट राशिका लागि आज समय शुभ छ । परिवारजनको साथ मिल्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । मिष्ठान्न भोजन गर्न पाइनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह

सिंह राशि भएकाहरुका लागि आज राम्रो छैन । विभिन्न सङ्कट आउनेछ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । लामो यात्रा गुर्नपर्ला । अनावश्यक खर्च हुने छ ।

कन्या

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

तुला

तुला राशि भएकाहरूका लागि आज राम्रो छैन । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र व्यापारबाट आम्दानी पनि कम हुनेछ । आफन्तजनमा क्लेश हुनेछ ।

वृश्चिक

वृश्चिक राशि भएकाहरूका लागि आज शुभ रहेको छ । आम्दानी बढ्नेछ । आम्दानी नयाँ स्रोत हुनेछ । कामबाट सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ ।

धनु

धनु राशिका लागि आज समय मध्यम खालको रहनेछ । प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ । यात्राको सम्भावना रहेको छ ।

मकर

मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । स्वस्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ

कुम्भ राशिका लागि आज भने समय शुभ छैन । मानसिक तनाव बढ्नेछ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । काम बिग्रने संभावना छ । अनावश्यक खर्च बढ्नेछ ।

मीन

मीन राशि भएकाहरूका लागि आज समय राम्रो छ । स्वास्थ्य अवस्था राम्रो रहने छ । पारिवारिक सुख मिल्नेछ । अध्ययन–अध्यापनमा प्रगतिको मिल्नेछ । धार्मिक यात्रा फलदायी हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आगामी ६ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरेको ‘गौरा पर्व–२०२६ विशेष कार्यक्रम’ स्थगित गर्ने निर्णय गरेको छ। समाजले २९ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिमार्फत नेपालमा पछिल्लो समय उत्पन्न भएको विषम तथा असहज परिस्थितिप्रति संवेदनशील हुँदै कार्यक्रम स्थगित गरिएको जनाएको हो। विशेषगरी रसुवा लगायतका विभिन्न क्षेत्रमा आएको […]

आज मिति वि. सं. : २०८३ भदौं १० गते बुधबार इ.सं. : 26th August 2026 (Wednesday) सूर्योदय: बिहान ०५:४० बजे सूर्यास्त: बेलुका १८:२९ बजे तिथि : त्रयोदशी ०७:१९ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : श्रावण शुक्लपक्ष नक्षत्र : श्रवण २५:२६ सम्म, तत्पश्चात् धनिष्ठा योग : सौभाग्य ०९:४३ सम्म, तत्पश्चात् शोभन करण : गर १९:५९ सम्म, तत्पश्चात् […]

क्वालालम्पुर, मलेसिया — सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ मा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ। सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रममा […]