२१ भाद्र २०८३, आइतबार
06-09-2026 , Sun
×

आज  मिति  वि. सं. : २०८३ वैशाख १४ गते सोमबारकाे राशिफल

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १४, २०८३

आज  मिति  वि. सं. : २०८३ वैशाख १४ गते सोमबार

इ.सं. : 27th April 2026 (Monday)

सूर्योदय: बिहान ०५:३० बजे

सूर्यास्त: बेलुका १८:३४ बजे

तिथि : एकादशी २०:१३ सम्म, तत्पश्चात् द्वादशी

पक्ष : वैशाख शुक्लपक्ष

नक्षत्र : पूर्वफाल्गुनी २३:१४ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी

योग : ध्रुव २३:३५ सम्म, तत्पश्चात् व्याघात

करण : वणिज ०८:३४ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: सिंह २९:१८ सम्म, तत्पश्चात् कन्या

ऋतु : बसन्त

अयन : उत्तरायण

आजको राशिफल

मेष राशि
शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय रहेको छ। परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ। सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ। व्यवसाय तथा रोजगारीबाट मध्यम लाभ प्राप्त हुने सम्भावना छ।

वृष राशि
कार्यमा मन नलाग्ने, निर्णयप्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ। आफन्त र सहयोगी पक्षबाट अपेक्षित साथ नपाइने सम्भावना रहेकोले संयमता अपनाउनु उपयुक्त हुनेछ।

मिथुन राशि
पराक्रममा वृद्धि हुने समय रहेकोले महत्वाकांक्षी कार्यहरूमा आत्मविश्वासपूर्वक अघि बढ्न सकिनेछ। दाजुभाइ तथा नजिकका साथीहरूको समर्थन प्राप्त हुनेछ। शैक्षिक तथा व्यवसायिक क्षेत्र दुवैमा राम्रो नतिजा मिल्ने सम्भावना छ।

कर्कट राशि
व्यावसायिक क्षेत्रबाट मध्यम लाभ हुने देखिन्छ भने पारिवारिक पक्ष सन्तोषजनक रहनेछ। अध्ययनमा लगाव बढ्नेछ र विद्यार्थीहरूले मनग्ये प्रगति गर्न सक्छन्। पारिवारिक जमघट तथा मित्रतापूर्ण सम्बन्ध विस्तार हुने योग छ।

सिंह राशि
आर्थिक लाभ तथा पारिवारिक सन्तुष्टिका लागि अनुकूल समय हो। व्यापार व्यवसायमा अपेक्षित लाभ प्राप्त हुने सम्भावना छ। रोजगारीका क्षेत्रमा पदोन्नति तथा सम्मान प्राप्त गर्न सकिने देखिन्छ। विद्यार्थीहरूका लागि अध्ययन र परिक्षामा सफलता मिल्नेछ।

कन्या राशि
दैनिक जीवनमा चाप तथा खर्चको वृद्धि हुन सक्छ। वित्तीय निर्णय गर्दा विवेक अपनाउनु उपयुक्त हुनेछ। पारिवारिक तथा पेशागत दायित्वमा तालमेल मिलाउन कठिनाइ हुन सक्छ। अध्ययनमा समय दिन नसकिने सम्भावना छ।

तुला राशि
पछिल्लो समयका प्रयासहरूबाट लाभ प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सुधार आउनेछ। शैक्षिक नतिजा अपेक्षित रुपमा प्राप्त हुने सम्भावना छ। पारिवारिक वातावरण सुखद रहनेछ र प्रेम जीवनमा विश्वासको पुनःस्थापना हुन सक्छ। सानोतिनो यात्राको सम्भावना पनि देखिन्छ।

वृश्चिक राशि
नयाँ योजना प्रारम्भ गर्न अनुकूल समय हो। व्यवसाय विस्तार, लगानी तथा नयाँ अवसरहरू खोज्न सकिनेछ। पद प्रतिष्ठा बढ्नेछ। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा पनि राम्रो प्रगति हुने देखिन्छ।

धनु राशि
धार्मिक र सामाजिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ। तर, वाणी तथा व्यवहारमा संयमता नअपनाउँदा विवाद उत्पन्न हुनसक्छ। हतारमा गरिएका निर्णयहरू पछुतोको कारण बन्न सक्छन्। शैक्षिक र पारिवारिक पक्ष सामान्य रहनेछ।

मकर राशि
सावधानीपूर्वक अघि बढ्नु पर्ने समय हो। सवारी वा औजार प्रयोग गर्दा सतर्कता आवश्यक छ। प्रतिस्पर्धामा पछाडि पर्ने खतरा देखिन्छ। सहकर्मी वा प्रतिस्पर्धीबाट उत्पन्न हुने अवरोधबाट सचेत रहनुपर्छ। शैक्षिक क्षेत्रमा अल्छीपन हाबी हुन सक्छ।

कुम्भ राशि
पेशागत यात्राको सम्भावना छ, जसबाट आर्थिक फाइदा हुनसक्छ। संवाद तथा वाणी प्रभावशाली बन्ने समय हो, जसले सम्बन्ध सुधार्न मद्दत पुर्याउनेछ। प्रेम र वैवाहिक सम्बन्धमा न्यानोपन बढ्नेछ। विद्यार्थीहरूले राम्रो प्रगति गर्न सक्नेछन्।

मीन राशि
नयाँ योजना, लगानी वा व्यवसायको प्रारम्भ गर्न अनुकूल दिन हो। स्वास्थ्य, प्राविधिक वा सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि विशेष सफलता मिल्ने सम्भावना छ। पारिवारिक तथा प्रेम जीवनमा सन्तुलन र खुसी कायम रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर, मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले आगामी ६ सेप्टेम्बर २०२६ मा आयोजना गर्ने तयारी गरेको ‘गौरा पर्व–२०२६ विशेष कार्यक्रम’ स्थगित गर्ने निर्णय गरेको छ। समाजले २९ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिमार्फत नेपालमा पछिल्लो समय उत्पन्न भएको विषम तथा असहज परिस्थितिप्रति संवेदनशील हुँदै कार्यक्रम स्थगित गरिएको जनाएको हो। विशेषगरी रसुवा लगायतका विभिन्न क्षेत्रमा आएको […]

आज मिति वि. सं. : २०८३ भदौं १० गते बुधबार इ.सं. : 26th August 2026 (Wednesday) सूर्योदय: बिहान ०५:४० बजे सूर्यास्त: बेलुका १८:२९ बजे तिथि : त्रयोदशी ०७:१९ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : श्रावण शुक्लपक्ष नक्षत्र : श्रवण २५:२६ सम्म, तत्पश्चात् धनिष्ठा योग : सौभाग्य ०९:४३ सम्म, तत्पश्चात् शोभन करण : गर १९:५९ सम्म, तत्पश्चात् […]

क्वालालम्पुर, मलेसिया — सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ मा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा भव्य रूपमा ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ। सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम बिहान ११:०० बजेदेखि सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रममा […]