०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८२ चैत १२ गते बिहिबारको राशिफल

Logo
HeroNepal-Tv प्रकाशित बिहिबार, चैत्र १२, २०८२

आज मिति वि. सं. : २०८२ चैत १२ गते बिहिबार

इ.सं. : 26th March 2026 (Thursday)

सूर्योदय: बिहान ६:०४ बजे

सूर्यास्त: बेलुका १८:१७ बजे

तिथि : अष्टमी १४:४१ सम्म, तत्पश्चात् नवमी

पक्ष : चैत्र शुक्लपक्ष

नक्षत्र : आर्द्रा १९:०४ सम्म, तत्पश्चात् पुनर्वसु

योग : सौभाग्य ६:५ सम्म, तत्पश्चात् शोभन

करण : बव १४:४१ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि: मिथुन

ऋतु : बसन्त

अयन : उत्तरायण

आजको राशिफल

मेष राशि
आर्थिक आयमा वृद्धि हुनेछ। जमिनसम्बन्धी लेनदेन लाभप्रद रहनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय उन्नति हुनेछ।

वृष राशि
सामान्य दिन रहनेछ। शिक्षामा गरिएको श्रम फलदायी हुनेछ। प्रेम सम्बन्धमा सफलता प्राप्त हुने संकेत छन्।

मिथुन राशि
आलोचना वा आरोपको सामना गर्नुपर्ने सम्भावना छ। तर, आफ्ना कामप्रति आत्मसन्तोष रहनेछ। हरेक निर्णयमा विवेक र धैर्य आवश्यक छ।

कर्कट राशि
अप्रत्याशित स्रोतबाट सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। स्वास्थ्यमा सुधार हुँदै पुराना रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक लगानी लाभदायक बन्ने संकेत छन्।

सिंह राशि
स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेम जीवन सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा संगठनात्मक बल मजबुत बन्ने सम्भावना छ।

कन्या राशि
स्वास्थ्यमा कमजोरी र रोगको सम्भावना छ। खर्चमा वृद्धि हुनेछ। प्रतिस्पर्धी सक्रिय हुनेछन्। अन्य क्षेत्रमा सामान्य परिणाम भए पनि दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।

तुला राशि
असहज परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। तर, शैक्षिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ।

वृश्चिक राशि
धार्मिक क्रियाकलापप्रति आकर्षण बढ्नेछ। सहयोगीहरूको समर्थन पाइनेछ। खुसीको अनुभूति हुनेछ। इष्टमित्रसँग सम्बन्ध मजबुत बन्नेछ।

धनु राशि
खर्च बढ्ने सम्भावना छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। तर, व्यापार वा व्यवसायमा ठूलो लगानी नगर्नु उपयुक्त हुनेछ।

मकर राशि
दिन अनुकूल रहनेछ। रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। साथीभाइको सहयोग पाइनेछ। दाम्पत्य जीवन सुखदायी बन्नेछ।

कुम्भ राशि
वाणीमा मधुरता बढ्नेछ। मातापिताको सम्झना गर्दा कार्यमा सफलता प्राप्त हुनेछ। दाजुभाइ वा परिवारजनको सहयोग मिल्नेछ।

मीन राशि
पेशागत कार्यमा लाभ प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]