०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८२ पुष १८ गते शुक्रबारको राशिफल

Logo
HeroNepal-Tv प्रकाशित शुक्रबार, पुष १८, २०८२

आज मिति वि. सं. : २०८२ पुष १८ गते शुक्रबार

इ.सं. : 2nd December 2026 (Friday)

सूर्योदय: बिहान ६:५७ बजे

सूर्यास्त: बेलुका १७:१९ बजे

तिथि : चतुर्दशी १८:२३ सम्म, तत्पश्चात् पूर्णिमा

पक्ष : पौष शुक्लपक्ष

नक्षत्र : मृगशिरा २०:११ सम्म, तत्पश्चात् आर्द्रा

योग : शुक्ल १३:२१ सम्म, तत्पश्चात् ब्रह्म

करण : गर ०७:३० सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: वृष ०८:५७ सम्म, तत्पश्चात् मिथुन

ऋतु : हेमन्त

अयन : दक्षिणायन

आजको राशिफल
मेष राशि

आज मेष राशि भएकाहरूका लागि मध्यम फल दिने दिन रहनेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ र सामाजिक प्रतिष्ठा बढ्नेछ। समाजसेवामा मन लाग्नेछ र प्रतिस्पर्धीहरू निस्तेज हुँदै जानेछन्।

बृष राशि

वृष राशि हुनेहरूका लागि चन्द्रमाको शुभ प्रभावले आज मानसम्मान प्राप्त हुने दिन हो। सामाजिक, धार्मिक र व्यापारिक गतिविधिहरू स्थिर रहनेछन् तर प्रेम सम्बन्धमा धोका पाउने सम्भावना देखिन्छ, सचेत रहनुहोस्।

मिथुन राशि

मिथुन राशि भएका प्रियहरूका लागि समय अलिक प्रतिकूल हुन सक्छ। अग्रजको सल्लाह लिएर मात्र नयाँ योजना सुरु गर्नुहोस्। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पारिवारिक मेलमिलापको वातावरण बन्नेछ।

कर्कट राशि

कर्कट राशिका लागि आजको दिन शुभ रहन सक्छ। दैनिक कार्यहरूमा स्थिरता आउनेछ। दीर्घकालीन योजनामा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक भावनामा झन् आकर्षण बढ्ने संकेत छ।

सिंह राशि

सिंह राशिका लागि आजको दिन विजयी र ऊर्जाले भरिएको रहनेछ। शत्रुहरू परास्त हुनेछन् र दैनिकीमा प्रगति देखिनेछ। राजनीतिमा पकड बलियो हुनेछ र स्वदेशमा गरेको कर्मबाट प्रतिष्ठा मिल्नेछ।

कन्या राशि

कन्या राशिका लागि आज समय मिश्रित रहन सक्छ। भविष्यसँग सम्बन्धित निर्णयहरूले सुख ल्याउनेछ। शिक्षा क्षेत्रमा गरेको मेहनतले मीठो फल दिन सक्छ। रोगबाट मुक्ति र प्रेम सम्बन्धमा सफलता सम्भावित छ।

तुला राशि

तुला राशिका लागि आजको दिन सामान्य रहन सक्छ। सबै क्षेत्रमा स्थिरता रहनेछ। वैदेशिक क्षेत्रमा भने साथीभाइको समर्थनले नयाँ अवसरहरू प्राप्त हुनेछन्।

वृश्चिक राशि

वृश्चिक राशिका लागि आजको दिन अत्यन्तै शुभ देखिन्छ। बौद्धिक संगत हुनेछ र मनमा नयाँ विचारहरू जन्मिनेछन्। चुनौतीहरूलाई अवसरका रूपमा लिनुहोला। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। प्रेम र परिवारबाट विशेष हौसला मिल्नेछ।

धनु राशि

धनु राशिका लागि आजको दिन सामान्य रहनेछ। बोलीमा सजगता अपनाउनु राम्रो हुनेछ। आफन्तहरूको असहयोगबाट विचलित नभइ नयाँ मित्रबाट सहयोग प्राप्त हुने योग छ।

मकर राशि

मकर राशिका लागि स्वास्थ्यको दृष्टिले दिन राम्रो रहनेछ। प्रतिस्पर्धीहरू कमजोर देखिनेछन्। शिक्षामा लगानी गरेको प्रयासले राम्रो प्रतिफल दिनेछ। स्वदेशमै कर्म गर्दा लाभ मिल्नेछ।

कुम्भ राशि

कुम्भ राशिका लागि आज समय केही चुनौतीपूर्ण रहन सक्छ। नयाँ योजना सुरु गर्न अहिले अनुकूल समय होइन। खर्च बढ्न सक्नेछ। यद्यपि, वैदेशिक क्षेत्रमा प्रतिष्ठा, नाम र सम्मान प्राप्ति सम्भव छ।

मीन राशि

मीन राशिका लागि आज अत्यन्तै उत्कृष्ट दिन रहनेछ। विभिन्न संघसंस्थाबाट समर्थन प्राप्त हुनेछ। शिक्षामा गरेको प्रयासबाट सन्तोष मिल्नेछ। पारिवारिक सद्भावले दिन अझ रमाइलो बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]