०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

आज मिति वि. सं. : २०८२ पुष १ गते मङ्गलबारकाे राशिफल हेर्नुहाेस

Logo
Heronepal-Tv प्रकाशित मंगलबार, पुष ०१, २०८२

आज मिति वि. सं. : २०८२ पुष १ गते मङ्गलबार

इ.सं. : 16th December 2025 (Tuesday)

सूर्योदय: बिहान ६:४९ बजे

सूर्यास्त: बेलुका १७:०९ बजे

तिथि : द्वादशी २४:२७ सम्म, तत्पश्चात् त्रयोदशी

पक्ष : पौष कृष्णपक्ष

नक्षत्र : स्वाती १५:३५ सम्म, तत्पश्चात् विशाखा

योग : अतिगण्ड १५:२६ सम्म, तत्पश्चात् सुकर्मा

करण : कौलव ११:२७ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि: तुला

ऋतु : हेमन्त

अयन : दक्षिणायन

आजको राशिफल

मेष राशि
नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन्। अध्ययनमा सकारात्मक प्रगति हुनेछ। प्रेमजीवनमा रमणीय यात्रा वा अविस्मरणीय क्षणको सम्भावना छ।

वृष राशि
स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा-जमिन वा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ। व्यापारमा लगानी विस्तारको अवसर प्राप्त हुन सक्छ। यद्यपि, अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ।

मिथुन राशि
पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आफन्त वा निकट व्यक्तिबाट विश्वासघातको सम्भावना देखिएकाले संवेदनशील निर्णयमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ।

कर्कट राशि
अनावश्यक हतार वा आवेगले विवाद निम्त्याउन सक्छ। शैक्षिक क्षेत्र कमजोर बन्ने सम्भावना छ। व्यवसायमा सामान्यजस्तो लाभ लिन पनि कठिन हुन सक्छ। धैर्य र अनुशासनको अभ्यास आज उपयोगी सिद्ध हुनेछ।

सिंह राशि
शत्रु तथा प्रतिस्पर्धीप्रति विजय हासिल गर्ने सम्भावना बलियो छ। स्वास्थ्यमा सुधार आउनेछ र कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। पुराना ऋण चुक्ता गर्दै नयाँ सुरुवात गर्ने अवसर प्राप्त हुन सक्छ।

कन्या राशि
बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा सक्रियता बढ्नेछ। अध्ययनमा सन्तोषजनक नतिजा पाउन संघर्ष आवश्यक हुनेछ। व्यवसायमा हाललाई लगानी नबढाउनु हितकर रहनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी प्रगाढ बन्ने संकेत छन्।

तुला राशि
व्यवसायमा प्रगति देखिने भएकाले लगानी विस्तारका लागि अनुकूल समय रहन्छ। शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्ने सम्भावना बलियो छ। कार्यक्षेत्रमा प्रतिष्ठा र आत्मविश्वास बढ्नेछ।

वृश्चिक राशि
स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। पढाइमा समय दिए पनि अपेक्षाकृत नतिजा आउन कठिन देखिन्छ। व्यापारबाट अपेक्षित आम्दानी नहुन सक्छ, त्यसैले महत्वपूर्ण निर्णयमा धैर्यपूर्वक सोचविचार गर्नु उपयुक्त हुनेछ।

धनु राशि
अघिल्लो समयमा रोकिएका कार्यहरू सम्पन्न हुने सम्भावना बलियो छ। नयाँ योजना वा व्यवसाय सुरु गर्ने समय अनुकूल रहनेछ। शारीरिक ऊर्जा र उत्साहमा वृद्धि हुनेछ। प्रेम जीवन सुदृढ हुनेछ, विद्यार्थीका लागि पनि आजको दिन सकारात्मक रहनेछ।

मकर राशि
कृषि, भूमिसम्बन्धी तथा नगदे व्यवसायहरूमा लाभ हुने संकेत छन्। विद्यार्थीले अध्ययनमा प्रगति गर्ने अवसर पाउनेछन्। परिश्रमको समुचित प्रतिफल प्राप्त हुनेछ।

कुम्भ राशि
मानसिक चञ्चलता तथा अस्थिरता आजको दिनमा चुनौती बन्न सक्छ। आज नयाँ कार्य प्रारम्भ गर्ने वा लामो यात्रा गर्ने सोच रहेको छ भने पुनर्विचार गर्नु उपयुक्त हुनेछ। निर्णयमा स्थिरता र धैर्य अपनाउनु आवश्यक हुनेछ।

मीन राशि
स्वास्थ्यका कारण दिनको शुरुवातमा केही असहजता महसुस हुन सक्छ। खर्चमा बढोत्तरी हुने सम्भावना छ र अनावश्यक विवादको सम्भावनालाई बेवास्ता गर्नु हुदैन। तथापि, दिनको उत्तरार्धमा स्थिति सुधारिने संकेत छन्। आर्थिक तथा व्यवसायिक पक्षमा विस्तारका अवसर मिल्न सक्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ पुष १ गते मङ्गलबार इ.सं. : 16th December 2025 (Tuesday) सूर्योदय: बिहान ६:४९ बजे सूर्यास्त: बेलुका १७:०९ बजे तिथि : द्वादशी २४:२७ सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : स्वाती १५:३५ सम्म, तत्पश्चात् विशाखा योग : अतिगण्ड १५:२६ सम्म, तत्पश्चात् सुकर्मा करण : कौलव ११:२७ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २९ गते सोमबार इ.सं. : 15th December 2025 (Monday) सूर्योदय: बिहान ६:४८ बजे सूर्यास्त: बेलुका १७:०९ बजे तिथि : एकादशी २२:३१ सम्म, तत्पश्चात् द्वादशी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : चित्रा १३:१७ सम्म, तत्पश्चात् स्वाती योग : शोभन १५:०९ सम्म, तत्पश्चात् अतिगण्ड करण : बव ०९:३९ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २७ गते शनिबार इ.सं. : 13th December 2025 (Saturday) सूर्योदय: बिहान ६:४७ बजे सूर्यास्त: बेलुका १७:०८ बजे तिथि : नवमी १९:४४ सम्म, तत्पश्चात् दशमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : उत्तरफाल्गुनी ०९:५१ सम्म, तत्पश्चात् हस्ता योग : आयुष्मान् १५:३१ सम्म, तत्पश्चात् सौभाग्य करण : तैतिल ०७:२० सम्म, तत्पश्चात् […]