०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८२ मङ्सिर १४ गते आइतबारकाे राशिफल

Logo
HeroNepal-Tv प्रकाशित आइतबार, मंसिर १५, २०८२

आज मिति वि. सं. : २०८२ मङ्सिर १४ गते आइतबार

इ.सं. : 30th November 2025 (Sunday)

सूर्योदय: बिहान ६:३७ बजे

सूर्यास्त: बेलुका १७:०६ बजे

तिथि : दशमी १६:१३ सम्म, तत्पश्चात् एकादशी

पक्ष : मार्गशीर्ष शुक्लपक्ष

नक्षत्र : उत्तरभाद्रपदा २१:१० सम्म, तत्पश्चात् रेवती

योग : सिद्धि २५:२५ सम्म, तत्पश्चात् व्यतीपात

करण : गर १६:१३ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: मीन

ऋतु : हेमन्त

अयन : दक्षिणायन

आजको राशिफल

मेष राशि
मन भावुक र उत्ताउलो बन्न सक्ने समय हो। अनावश्यक खर्च बढ्ने सम्भावना छ। हठीपनाले कार्यमा बाधा आउने डर रहन्छ। सरकारी निकायसँग सावधानी अपनाउनु हितकर हुनेछ।

वृष राशि
शुभकार्यको चर्चा हुनेछ। आँट र परिश्रमले महत्वपूर्ण कार्य सफल बन्नेछ। आदर्श व्यक्तिको सहयोगले नयाँ अनुभव मिल्नेछ। अध्ययनमा प्रगति हासिल हुनेछ।

मिथुन राशि
आँटेका कामहरू सम्पन्न हुनेछन्। आकस्मिक धनलाभको सम्भावना छ। महिला वर्गको सहयोग प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ।

कर्कट राशि
नयाँनौलो समाचार सुन्न पाइनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। गरेका कामबाट सकारात्मक लाभ हुनेछ। प्रेम जीवनमा सहयोग र प्रोत्साहन प्राप्त हुनेछ।

सिंह राशि
निर्णय कार्यान्वयनमा कठिनाई आउन सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत रहनु जरुरी छ। आत्मबल र उत्साहमा कमी महसुस हुनेछ।

कन्या राशि
एउटै कामबाट दोहोरो लाभ प्राप्त हुनेछ। आफन्तजन र बन्धु-बान्धवको सहयोग पाइनेछ। राजनैतिक कार्यमा सफलता सम्भव छ। स्वादिष्ट भोजनको अवसर पनि प्राप्त हुनेछ।

तुला राशि
सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्नेछ। धार्मिक र सामाजिक कार्यमा चासो बढ्नेछ। आफ्नो प्रभावले अधुरा काम पूरा गर्न सकिनेछ।

वृश्चिक राशि
नयाँ कार्ययोजना बन्नेछ। नजिकका मित्रहरूसँग भेटघाट हुनेछ। पारिवारिक सहयोग प्राप्त हुने छ। छोटो यात्राको सम्भावना पनि छ।

धनु राशि
लाभ–हानि, आय–व्यय र सुख–दुःख सन्तुलित रहने समय हो। धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक सम्मान र पदप्रतिष्ठा प्राप्त हुने सम्भावना छ।

मकर राशि
पारिवारिक सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। विपरीत लिङ्गबाट विशेष सहयोग मिल्नेछ। आत्मबल र हिम्मतमा वृद्धि हुनेछ।

कुम्भ राशि
नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुनुपर्ने परिस्थिति आउन सक्छ। आफन्तको प्रगतिमा खुशी मिल्नेछ। नयाँ कार्यको अवसर पनि जुर्नेछ।

मीन राशि
रोकिएका कार्य पुनः सुरु हुने सम्भावना छ। जोशजाँगर र उमङ्ग बढ्नेछ। वैदेशिक क्षेत्रमा सम्बन्धित कार्य अघि बढ्नेछ। साहित्यिक क्षेत्रमा चासो र सक्रियता बढ्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]