०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृ’त्यु

Logo
HeroNepal-Tv प्रकाशित शनिबार, कार्तिक २३, २०८२

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। गएराति २ः५८ बजे काठमाडौँ मेडिकल कलेज उनको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।

पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्ष स्रोतले जनाएको छ।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]