०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृ’त्यु

Logo
HeroNepal-Tv प्रकाशित शनिबार, कार्तिक २३, २०८२

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। गएराति २ः५८ बजे काठमाडौँ मेडिकल कलेज उनको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नेपालखबरलाई जानकारी दिए।

पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिसकिएको सुरक्ष स्रोतले जनाएको छ।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटे लगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।

त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइएको थियो। २०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि थियो। उक्त अभियोगमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।

तर उक्त फैसला उच्च अदालतले उल्ट्याउँदै आलमसहित सबै प्रतिवादीहरुलाई सफाइ दिएको थियो। आलमले जिउँदै मान्छे जलाएको र घटना भएको भन्ने प्रमाणले पुष्टि नभएको उच्च अदालतको दाबी छ। उच्चको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन भइसकेको छ। सर्वोच्चको फैसला आउन बाँकी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]