१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

आज कार्तिक कृष्ण औँसी,परेनन् तिहारको कुनै पनि पर्व

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, कार्तिक ०५, २०८२

काठमाडौँ । कार्तिक कृष्ण औँसी भए पनि मंगलबार तिहारका कुनै पनि पर्व परेको छैन।

सामान्यतया कार्तिक कृष्ण औँसीको रात्रिमा लक्ष्मीपूजा गर्ने परम्परा छ । तर औँसी तिथि दिउँसो नै लागेको भन्दै सोमबार राति ९साँझ० नै लक्ष्मीपूजा गर्न पञ्चाङ्ग निर्णायक समतिले निर्देश गरेको थियो। त्यसैले धेरैले मंगलबार बिहान कुकुरपूजा गरी राति लक्ष्मीपूजा गरे।

मूल वैदिक परम्पराका अनुयायीले भने तिथि नटुट्ने भन्दै मंगलबार नै लक्ष्मीपूजाको तयारी गरेका छन्। यस्तै काठमाडौँ उपत्यकाका नेवार समुदायमध्ये कतिपयले सूर्योदय हुँदाकै तिथिमा कर्म गर्ने भन्दै मंगलबार नै लक्ष्मीपूजा गर्ने भएका छन्।

यता भक्तपुर नगरपालिकाका नेवार समुदायले भने कार्तिक कृष्ण प्रतिपदामा गरिने कर्म म्हपूजा (पूजा) मंगलबार गर्दैछन्। समितिबाट सिफारिसप्राप्त पात्रोमा ४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ। त्यसपछि प्रतिपदा तिथि लाग्छ। बेलुकी नै गर्ने कर्म भएकाले म्हपूजा प्रतिपदामै मंगलबार गर्ने भक्तपुर नगरपालिकाले बताएको छ। तलेजुका पुजारी, ज्योतिषी र विज्ञको छलफलपछि नगरपालिकाले सोमबार लक्ष्मीपूजा, मंगलबार म्हपूजा र बुधबार किजा९भाइ० पूजा गर्ने निर्णय गरिएको थियो।

समितिले भने म‌ंगलबार तिहारअन्तर्गतका कुनै पनि कर्म गर्न नसकिने बताएको छ। बुधबार नै गाई(गोरुपूजासहित गोवर्धनपूजा गर्न निर्देश गरेको समितिका अध्यक्ष प्रा।शम्भुप्रसाद ढकालले बताए। यस्तै नेपाल संवतको नयाँ वर्षसँगै म्हपूजा पनि बुधबार नै परेको उनले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

मलेसिया । रसुवालगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले रु. १ लाख १ हजार (रु. १,०१,०००) सहयोग रकम बुझाएकाे छ। समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मा जम्मा गरेको हो। महालक्ष्मी विकास बैंकको भुक्तानी रसिदअनुसार १ सेप्टेम्बर २०२६ मा रु. […]

नेपाली कांग्रेस आज एउटा निर्णायक मोडमा उभिएको छ। यो संगठनभित्रको नेतृत्व परिवर्तन, गुटगत प्रतिस्पर्धा वा पदको भागबण्डाको प्रश्न होइन यो नेपाली कांग्रेसले आगामी दिनमा आफूलाई कस्तो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने भन्ने गम्भीर प्रश्न हो। इतिहासले कांग्रेसलाई पटक–पटक कठिन परिस्थितिमा उभ्याएको छ, र हरेक संकटको घडीमा कांग्रेसको शक्ति कुनै एक व्यक्ति, समूह वा गुटमा होइन […]