०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८२ असोज ३० गते बिहिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

आज मिति वि. सं. : २०८२ असोज ३० गते बिहिबार

इ.सं. : 16th October 2025 (Thursday)

सूर्योदय: बिहान ६:०५ बजे

सूर्यास्त: बेलुका १७:३२ बजे

तिथि : दशमी १३:४९ सम्म, तत्पश्चात् एकादशी

पक्ष : कार्तिक कृष्णपक्ष

नक्षत्र : अश्लेषा १६:४२ सम्म, तत्पश्चात् मघा

योग : साध्य ०८:०२ सम्म, तत्पश्चात् शुभ

करण : विष्टि १३:५० सम्म, तत्पश्चात् बव

चन्द्रराशि: कर्कट १६:४२ सम्म, तत्पश्चात् सिंह

ऋतु : शरद

अयन : दक्षिणायन

आजको राशिफल

मेष राशि
व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ।

वृष राशि
लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ, विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन्।

मिथुन राशि
निकटवर्ती व्यक्ति वा आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। व्यवसायमा समय दिन नसक्दा आम्दानीमा कमी हुन सक्छ। पारिवारिक वातावरणमा मतभेद बढ्न सक्ने भएकाले संयमित व्यवहार आवश्यक छ। अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो।

कर्कट राशि
प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हासिल गर्ने योग छ। न्यून लगानीबाट सन्तोषजनक लाभ प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। शैक्षिक क्षेत्रमा पनि राम्रो उपलब्धि देखिनेछ।

सिंह राशि
विवाद वा प्रतिस्पर्धामा सफलता पाउन कठिन हुनेछ। व्यवसायमा गरिएको प्रयासअनुसार प्रतिफल पाउन कठिनाइ हुन सक्छ। शैक्षिक लक्ष्यमा पुग्न बढी समय र मिहिनेत आवश्यक हुनेछ। सामान्य स्वास्थ्य समस्याले दिनचर्यामा प्रभाव पार्न सक्छ।

कन्या राशि
विविध अवसर प्राप्त हुने समय छ, जसको सही उपयोगबाट आम्दानीमा वृद्धि सम्भव छ। शैक्षिक क्षेत्रमा लक्ष्यअनुकूल प्रगति हुनेछ। छोटो यात्राको सम्भावना रहेकोछ, जसले मानसिक सन्तुलनमा सकारात्मक प्रभाव पार्नेछ। वैवाहिक सम्बन्धमा विश्वासको वातावरण थप सुदृढ हुनेछ।

तुला राशि
पदोन्नति, पुरस्कार वा जिम्मेवारी वृद्धि हुने योग छ। व्यवसायमा नयाँ विस्तारको सम्भावना देखिन्छ। कृषि तथा पशुपालन क्षेत्रसमेत लाभदायक रहनेछ। पारिवारिक तथा प्रेम सम्बन्धमा पनि सकारात्मक ऊर्जा देखिन्छ।

वृश्चिक राशि
राजकीय वा प्रशासनिक पक्षबाट अनावश्यक झमेला निम्तिन सक्छ। स्वास्थ्यमा कमजोरी आउने सम्भावना भएकाले सचेत रहनु उचित हुनेछ। प्रतिष्ठामा कमी आउनसक्नेछ। शैक्षिक र व्यवसायिक क्षेत्र अपेक्षाकृत कमजोर देखिन्छ।

धनु राशि
शैक्षिक क्षेत्रमा कमजोरी अनुभव हुनसक्छ। काममा ढिलासुस्ती हुने सम्भावना छ, जसले आर्थिक पक्षलाई प्रभावित पार्न सक्छ। व्यवसायमा लगानीको अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ। पारिवारिक सम्बन्धमा अविश्वासको वातावरण देखा पर्न सक्छ।

मकर राशि
स्वास्थ्य सन्तोषजनक रहनेछ। आम्दानीका नयाँ स्रोतहरू सक्रिय हुनेछन्। सामाजिक कार्यमा संलग्न भई सम्मान प्राप्त गर्न सकिनेछ। परिवारमा सुखद् समाचारले हर्षको वातावरण बनाउनेछ। सवारी साधन प्राप्त हुने तथा छोटो यात्राको सम्भावना छ।

कुम्भ राशि
समय र परिस्थितिले साथ दिने भएकाले महत्वाकांक्षी योजनाहरू सफल हुनेछन्। लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा सम्भव छ। व्यवसायमा आफन्त तथा साथीहरूको सहयोग प्राप्त हुनेछ। समग्रमा सकारात्मक उर्जा रहनेछ।

मीन राशि
व्यापारमा अपेक्षाअनुसार लाभ लिन समय लाग्न सक्छ। दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा विवाद उत्पन्न हुन सक्छ। अध्ययनमा प्रतिस्पर्धा गर्न कठिनाइ हुन सक्छ। धैर्य र संयम अपनाउनु आवश्यक देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]