२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

आज मिति वि. सं. : २०८२ असोज १४ गते मङ्गलबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन १४, २०८२

आज मिति वि. सं. : २०८२ असोज १४ गते मङ्गलबार

इ.सं. : 30th September 2025 (Tuesday)

सूर्योदय: बिहान ५:५६ बजे

सूर्यास्त: बेलुका १७:४९ बजे

तिथि : अष्टमी १३:४२ सम्म, तत्पश्चात् नवमी

पक्ष : आश्विन शुक्लपक्ष

नक्षत्र : पूर्वषाढा २९:१२ सम्म, तत्पश्चात् उत्तरषाढा

योग : शोभन २३:३१ सम्म, तत्पश्चात् अतिगण्ड

करण : बव १३:४२ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि: धनु

ऋतु : शरद

अयन : दक्षिणायन

आजको राशिफल
मेष राशि
नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना देखिन्छ, तर धैर्यपूर्वक अघि बढ्नु आवश्यक छ। खर्च नियन्त्रणमा राख्दा आर्थिक सन्तुलन कायम हुनेछ। सामाजिक कार्यमा संलग्न हुँदा प्रतिष्ठा र लाभ दुवै प्राप्त हुनेछ।

वृष राशि
काममा ढिलाइ वा अवरोध आउन सक्छ। केही समय आफ्ना निकटजनबाट टाढिनुपर्ने परिस्थिति देखिन्छ। फाइदा लिनका लागि दोहोर्याएर गरिएको प्रयास सफल हुनेछ। यात्रा सम्भावित छ।

मिथुन राशि
यो समय अवसर खोजी र नयाँ योजना निर्माणका लागि अनुकूल छ। दीर्घकालीन फाइदा हुने कार्ययोजना बन्ने सम्भावना छ। पुनः प्रयास गर्दा उल्लेखनीय सफलता हासिल हुनेछ।

कर्कट राशि
नयाँ कामले सम्मानसहित लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्ययन–शिक्षामा प्रगतिको सम्भावना प्रबल देखिन्छ।

सिंह राशि
सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। सन्तान र शिक्षासम्बन्धी क्षेत्रमा सन्तोषजनक उपलब्धि हासिल हुनेछ।

कन्या राशि
विवाद वा असहज परिस्थिति आउन सक्ने भएकाले सजग रहनु उचित हुन्छ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। अध्ययनमा एकाग्रता कायम गर्न कठिनाइ अनुभव हुन सक्छ।

तुला राशि
अनुकूल अवसर प्राप्त हुनेछ। रोकिएका काम पुनः गतिमा आउनेछन्। आम्दानीमा वृद्धि हुनेछ। व्यापार र साझेदारीमार्फत लाभ प्राप्त हुने देखिन्छ।

वृश्चिक राशि
स्वास्थ्यमा कमजोरी देखिनसक्छ। खर्च बढ्ने सम्भावना छ। सहयोगी वा नजिकका व्यक्तिहरूबाट दूरी बढ्न सक्ने भएकाले सजग रहनुपर्छ।

धनु राशि
चुनौतीबीच पनि लक्ष्य हासिल गर्न सकिनेछ। समस्या समाधानको बाटो खुल्नेछ। प्रयासअनुसार सफलता हात लाग्ने सम्भावना छ।

मकर राशि
काममा सुस्तता देखिन सक्छ, तर निरन्तर मेहनतले प्रगति सम्भव हुनेछ। अध्ययनमा अपेक्षित सफलता पाउन कठिन भए पनि व्यापार र व्यावसायिक क्षेत्रमा सुधारको संकेत छ।

कुम्भ राशि
उत्साहपूर्ण दिन रहनेछ। नयाँ साथी र सम्बन्धहरू विस्तार हुनेछन्। प्रेम र यात्रामा शुभ संकेत प्राप्त हुने सम्भावना छ।

मीन मीन
व्यवसायमा सुधार हुनेछ। जागिरेहरूलाई पद–प्रतिष्ठा बढ्ने सम्भावना छ। विद्यार्थी र प्रेम सम्बन्ध दुवैका लागि अनुकूल समय रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ जेठ २१ गते बिहीबार इ.सं. : 4th June 2026 (Thursday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४७ बजे तिथि : द्वितीया पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : मकर ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिश्रम अनुसारको प्रतिफल […]

आज मिति वि.सं. : २०८३ जेठ २० गते बुधबार इ.सं. : 3rd June 2026 (Wednesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : प्रतिपदा पक्ष : आषाढ कृष्णपक्ष प्रारम्भ चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिश्रमको उचित […]

आज मिति वि.सं. : २०८३ जेठ १९ गते मंगलबार इ.सं. : 2nd June 2026 (Tuesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : पूर्णिमा पक्ष : ज्येष्ठ शुक्लपक्ष चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि व्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक […]