०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङले ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०२, २०८२

क्वालालम्पुर, मलेसिया ।”मगर इतिहास, भाषा, संस्कृति संरक्षण–सम्बर्द्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति, पेनाङको आयोजनामा ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना हुने भएको छ।

उक्त कार्यक्रम सन् २०२५ अक्टोबर १९ तारिख आइतवार, बिहान १०:१० बजेबाट पेनाङस्थित सनसाइन स्क्वायर, बायान बारुमा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष ज्ञान बहादुर थापा मगरको उपस्थिति रहनेछ भने सांस्कृतिक प्रस्तुतिका लागि नेपालबाट चर्चित गायिका उर्मिला पुलामी मगर र चर्चित मोडेल विजय पुन विशेष उपस्थित रहने छन्।

नेपाल मगर संघ पेनाङका अध्यक्ष विरस पुन मगरका अनुसार कार्यक्रमलाई भव्य र सभ्य बनाउन मलेसियामा स्थापित अधिकांश संघ–संस्थाहरू, सञ्चारमाध्यमहरू, व्यवसायीहरू तथा समुदायका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिसकिएको छ। साथै, अझै निमन्त्रणा नपुगेका महानुभावहरूलाई पनि कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन अध्यक्ष पुनले हार्दिक अनुरोध गरेका छन्।

संघले जनाएको छ कि यो कार्यक्रम केवल अधिवेशनमा सीमित नरही मगर समुदायको सांस्कृतिक विविधता, परम्परा र एकताको गौरवपूर्ण उत्सवको रूपमा मनाइनेछ।

स्थान: सनसाइन स्क्वायर, बायान बारु, पेनाङ, मलेसिया
मिति: अक्टोबर १९, २०२५ (आइतवार)
समय: बिहान १०:१० बजेबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]