क्वालालम्पुर, मलेसिया ।”मगर इतिहास, भाषा, संस्कृति संरक्षण–सम्बर्द्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मूल नाराका साथ नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति, पेनाङको आयोजनामा ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम–२०२५ आयोजना हुने भएको छ।
उक्त कार्यक्रम सन् २०२५ अक्टोबर १९ तारिख आइतवार, बिहान १०:१० बजेबाट पेनाङस्थित सनसाइन स्क्वायर, बायान बारुमा सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल मगर संघ केन्द्रीय समितिका सह–अध्यक्ष ज्ञान बहादुर थापा मगरको उपस्थिति रहनेछ भने सांस्कृतिक प्रस्तुतिका लागि नेपालबाट चर्चित गायिका उर्मिला पुलामी मगर र चर्चित मोडेल विजय पुन विशेष उपस्थित रहने छन्।
नेपाल मगर संघ पेनाङका अध्यक्ष विरस पुन मगरका अनुसार कार्यक्रमलाई भव्य र सभ्य बनाउन मलेसियामा स्थापित अधिकांश संघ–संस्थाहरू, सञ्चारमाध्यमहरू, व्यवसायीहरू तथा समुदायका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिसकिएको छ। साथै, अझै निमन्त्रणा नपुगेका महानुभावहरूलाई पनि कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन अध्यक्ष पुनले हार्दिक अनुरोध गरेका छन्।
संघले जनाएको छ कि यो कार्यक्रम केवल अधिवेशनमा सीमित नरही मगर समुदायको सांस्कृतिक विविधता, परम्परा र एकताको गौरवपूर्ण उत्सवको रूपमा मनाइनेछ।
स्थान: सनसाइन स्क्वायर, बायान बारु, पेनाङ, मलेसिया
मिति: अक्टोबर १९, २०२५ (आइतवार)
समय: बिहान १०:१० बजेबाट