०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

NRNA मलेसियाद्वारा अगस्ट २३ तारिख शनिबार राती तिज कार्यक्रम आयोजना

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ०२, २०८२

क्वालालम्पुर (मलेसिया) नेपाली समुदायको प्रमुख सांस्कृतिक पर्व हरितालिका तिज मलेसियामा विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको छ। आगामी २३ तारिख अगस्ट २०२५ (शनिबार) को दिन Hotel Grand Continental, Kuala Lumpur मा आयोजना हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा गायिका अञ्जिला रेग्मीको प्रस्तुति रहनेछ। साथै, नायिका झरना रिसाल, नायिका/मोडल मिसेल घिमिरे, डान्सर बार्षा राई, र मोडल सामा देवान सहित स्थानीय कलाकारहरूले सांगीतिक, नृत्य प्रस्तुति दिने आयोजक संस्था एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले जानकारी दिए ।

मलेसियामा रहेका नेपाली समुदायबीच एकता, नेपाली संस्कार र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ “NRNA NCC Malaysia” द्वारा तिज कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष महतोले बताए । साँझ ६:०० बजेबाट १०:०० बजेसम्म सञ्चालन हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाली परिकार, गीत–सङ्गीत र पारम्परिक नृत्यको समावेश रहनेछ।

तिज पर्व महिलाहरूको चेलीबेटी र सासु–बुहारीको आत्मीयता, सौन्दर्य र श्रद्धाको प्रतीक मानिन्छ। विदेशमा रहेका नेपाली महिलाहरूबीच यस पर्वले सामूहिकता र नेपाली संस्कारको जगेर्ना गर्न सघाउने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]