०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मलेसियामा तीजको रौनक : NRNA जाेहाेर राज्य समिति मलेसियाले दर खाने र सांस्कृतिक धमाका गर्दै

Logo
Manoj Dashaundi प्रकाशित बुधबार, साउन २९, २०८२

जोहोर, मलेशिया । गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति, जोहोर, मलेशियाले नेपाली नारीहरूको महान पर्व हरितालिका तीज २०८२ को अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी २०२५ अगस्ट २४, आइतबार बिहान १०:०० बजेबाट दिउँसो ४:०० बजे सम्म जोहोर बाहारुस्थित IMPiana Nusajaya, Iskandar Puteri मा हुने कार्यक्रममा जोहोरमा कार्यरत र विभिन्न पेशामा संलग्न सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सहभागिता रहनेछ।

संघका अनुसार, यस कार्यक्रम मार्फत प्रवासमा रहेका नेपाली दिदीबहिनीहरूबीच आपसी भेटघाट, सञ्जाल विस्तार तथा सांस्कृतिक परम्पराको संरक्षणलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा दर खाने विशेष अवसरसँगै तीज गीत, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति रहनेछ।

आयोजक समितिले सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई आफ्नो सांस्कृतिक पहिचानको संरक्षणमा योगदान दिन हार्दिक निमन्त्रण गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]