०९ बैशाख २०८३, बुधबार
22-04-2026 , Wed
×

आज मिति : वि. सं २०को राशिफल ८२ साउन १७ गते शनिबार

Logo
HeroNepal-tv प्रकाशित शनिबार, साउन १८, २०८२

आज मिति : वि. सं २०८२ साउन १७ गते शनिबार

इ.सं. : 2nd August 2025 (Saturday)

सूर्योदय: बिहान ०५:२८ बजे

सूर्यास्त: बेलुका १८:५० बजे

तिथि : अष्टमी ०६:०१ सम्म, तत्पश्चात् नवमी

पक्ष : श्रावण शुक्लपक्ष

नक्षत्र : विशाखा (अहोरात्र)

योग : शुभ ०६:२७ सम्म, तत्पश्चात् शुक्ल

करण : बव ०६:०१ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि: तुला २३:३३ सम्म, तत्पश्चात् वृश्चिक

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन्। अध्ययनमा सकारात्मक प्रगति हुनेछ। प्रेमजीवनमा रमणीय यात्रा वा अविस्मरणीय क्षणको सम्भावना छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा-जमिन वा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ। व्यापारमा लगानी विस्तारको अवसर प्राप्त हुन सक्छ। यद्यपि, अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आफन्त वा निकट व्यक्तिबाट विश्वासघातको सम्भावना देखिएकाले संवेदनशील निर्णयमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक हतार वा आवेगले विवाद निम्त्याउन सक्छ। शैक्षिक क्षेत्र कमजोर बन्ने सम्भावना छ। व्यवसायमा सामान्यजस्तो लाभ लिन पनि कठिन हुन सक्छ। धैर्य र अनुशासनको अभ्यास आज उपयोगी सिद्ध हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शत्रु तथा प्रतिस्पर्धीप्रति विजय हासिल गर्ने सम्भावना बलियो छ। स्वास्थ्यमा सुधार आउनेछ र कार्यक्षेत्रमा अनुकूल वातावरण बन्नेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। पुराना ऋण चुक्ता गर्दै नयाँ सुरुवात गर्ने अवसर प्राप्त हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक तथा सिर्जनात्मक गतिविधिमा सक्रियता बढ्नेछ। अध्ययनमा सन्तोषजनक नतिजा पाउन संघर्ष आवश्यक हुनेछ। व्यवसायमा हाललाई लगानी नबढाउनु हितकर रहनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी प्रगाढ बन्ने संकेत छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायमा प्रगति देखिने भएकाले लगानी विस्तारका लागि अनुकूल समय रहन्छ। शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्ने सम्भावना बलियो छ। कार्यक्षेत्रमा प्रतिष्ठा र आत्मविश्वास बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ। पढाइमा समय दिए पनि अपेक्षाकृत नतिजा आउन कठिन देखिन्छ। व्यापारबाट अपेक्षित आम्दानी नहुन सक्छ, त्यसैले महत्वपूर्ण निर्णयमा धैर्यपूर्वक सोचविचार गर्नु उपयुक्त हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अघिल्लो समयमा रोकिएका कार्यहरू सम्पन्न हुने सम्भावना बलियो छ। नयाँ योजना वा व्यवसाय सुरु गर्ने समय अनुकूल रहनेछ। शारीरिक ऊर्जा र उत्साहमा वृद्धि हुनेछ। प्रेम जीवन सुदृढ हुनेछ, विद्यार्थीका लागि पनि आजको दिन सकारात्मक रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कृषि, भूमिसम्बन्धी तथा नगदे व्यवसायहरूमा लाभ हुने संकेत छन्। विद्यार्थीले अध्ययनमा प्रगति गर्ने अवसर पाउनेछन्। परिश्रमको समुचित प्रतिफल प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक चञ्चलता तथा अस्थिरता आजको दिनमा चुनौती बन्न सक्छ। आज नयाँ कार्य प्रारम्भ गर्ने वा लामो यात्रा गर्ने सोच रहेको छ भने पुनर्विचार गर्नु उपयुक्त हुनेछ। निर्णयमा स्थिरता र धैर्य अपनाउनु आवश्यक हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका कारण दिनको शुरुवातमा केही असहजता महसुस हुन सक्छ। खर्चमा बढोत्तरी हुने सम्भावना छ र अनावश्यक विवादको सम्भावनालाई बेवास्ता गर्नु हुदैन। तथापि, दिनको उत्तरार्धमा स्थिति सुधारिने संकेत छन्। आर्थिक तथा व्यवसायिक पक्षमा विस्तारका अवसर मिल्न सक्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]

क्वालालम्पुर । Non-Resident Nepali Association Malaysia ले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। संघका अनुसार उक्त कार्यक्रम आगामी १ मे २०२६ का दिन दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म Hotel Grand Continental Kuala Lumpur मा आयोजना गरिनेछ। मलेसियामा कार्यरत नेपाली श्रमिक, विभिन्न सामाजिक संघ–संस्थाका […]