२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

एनआरएनए मलेसियाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा राकेश प्रसाद महतो निर्वाचित

Logo
HeroNepal-tv प्रकाशित आइतबार, साउन १२, २०८२

क्वालालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको राष्ट्रिय समन्वय परिषद्ले आगामी कार्यकाल २०२५–२०२७ का लागि नवौं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन आइतवार, जुलाई २७ मा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता राकेश प्रसाद महतोले गरेका थिए भने प्रमुख अतिथिको रूपमा हरि भट्टराई र विशेष अतिथि शंकर बहादुर पौडेल सहभागी थिए। कार्यक्रममा जोहोर र मलाका क्षेत्रीय समितिलाई सम्मान गरिएको थियो।

 नयाँ कार्यसमिति चयन

अधिवेशनबाट निम्नानुसार नयाँ कार्यसमिति चयन गरिएको छ:

अध्यक्ष:

राकेश प्रसाद महतो

प्रथम उपाध्यक्ष

राजु तामाङ

उपाध्यक्ष हरु :

नारायण अधिकारी

विनोद पाण्डे

अनिल कुमार चौधरी

महिला उपाध्यक्ष: लिला मगर

युवा उपाध्यक्ष: सन्तोष पौडेल

महासचिव: विष्णु प्रसाद बराल

सचिवहरू:

उमेश कोइरी महतो

रमेश पौडेल

कोषाध्यक्ष: खेमराज खत्री

सह–कोषाध्यक्ष: सुरेश कुमार देवकोटा

युवा संयोजक: राजन हायु राई

महिला संयोजक: शोभा कुमारी खड्का

👥 सदस्यहरू:

हरिबहादुर बस्नेत, कैलाश बिष्ट, रूपेश बी.के, बाबुराम थापा मगर, टिपेन्द्र बुडा मगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्रबहादुर थापा, दीपक प्रसाद यादव

सांस्कृतिक कार्यक्रम पनि

अधिवेशनमा राष्ट्रिय कलाकार राजन सिवाकोटीसहित स्थानीय कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।

विवाद र धारणा

संस्थामा देखिएको विवादबारे प्रमुख अतिथि भट्टराईले केही व्यक्तिहरूले विधान विपरीत काम गरेकाले समस्या उत्पन्न भएको बताए। आफू भने विधानअनुसार काम गर्ने पक्षमा रहेको र हालको संस्था वैधानिक भएको उनको भनाइ थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]