०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

एनआरएनए मलेसियाको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा राकेश प्रसाद महतो निर्वाचित

Logo
HeroNepal-tv प्रकाशित आइतबार, साउन १२, २०८२

क्वालालम्पुर, मलेसिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको राष्ट्रिय समन्वय परिषद्ले आगामी कार्यकाल २०२५–२०२७ का लागि नवौं अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन आइतवार, जुलाई २७ मा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता राकेश प्रसाद महतोले गरेका थिए भने प्रमुख अतिथिको रूपमा हरि भट्टराई र विशेष अतिथि शंकर बहादुर पौडेल सहभागी थिए। कार्यक्रममा जोहोर र मलाका क्षेत्रीय समितिलाई सम्मान गरिएको थियो।

 नयाँ कार्यसमिति चयन

अधिवेशनबाट निम्नानुसार नयाँ कार्यसमिति चयन गरिएको छ:

अध्यक्ष:

राकेश प्रसाद महतो

प्रथम उपाध्यक्ष

राजु तामाङ

उपाध्यक्ष हरु :

नारायण अधिकारी

विनोद पाण्डे

अनिल कुमार चौधरी

महिला उपाध्यक्ष: लिला मगर

युवा उपाध्यक्ष: सन्तोष पौडेल

महासचिव: विष्णु प्रसाद बराल

सचिवहरू:

उमेश कोइरी महतो

रमेश पौडेल

कोषाध्यक्ष: खेमराज खत्री

सह–कोषाध्यक्ष: सुरेश कुमार देवकोटा

युवा संयोजक: राजन हायु राई

महिला संयोजक: शोभा कुमारी खड्का

👥 सदस्यहरू:

हरिबहादुर बस्नेत, कैलाश बिष्ट, रूपेश बी.के, बाबुराम थापा मगर, टिपेन्द्र बुडा मगर, इन्द्र प्रकाश भण्डारी, छेवाङ लामा, चित्रबहादुर थापा, दीपक प्रसाद यादव

सांस्कृतिक कार्यक्रम पनि

अधिवेशनमा राष्ट्रिय कलाकार राजन सिवाकोटीसहित स्थानीय कलाकारहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए।

विवाद र धारणा

संस्थामा देखिएको विवादबारे प्रमुख अतिथि भट्टराईले केही व्यक्तिहरूले विधान विपरीत काम गरेकाले समस्या उत्पन्न भएको बताए। आफू भने विधानअनुसार काम गर्ने पक्षमा रहेको र हालको संस्था वैधानिक भएको उनको भनाइ थियो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]