०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

आज मिति  : वि. सं २०८२ असार ३२ गते बुधबारकाे राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, साउन ०१, २०८२

आज मिति  : वि. सं २०८२ असार ३२ गते बुधबार

इ.सं. : 16th July 2025 (Wednesday)

सूर्योदय: बिहान ०५:१९ बजे

सूर्यास्त: बेलुका १८:५९ बजे

तिथि : षष्ठी २०:१५ सम्म, तत्पश्चात् सप्तमी

पक्ष : श्रावण कृष्णपक्ष

नक्षत्र : पूर्वभाद्रपदा ०६:०४ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा

योग : शोभन १२:५६ सम्म, तत्पश्चात् अतिगण्ड

करण : गर ०९:१५ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: मीन

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

भावनात्मक अस्थिरता र आर्थिक अपव्ययको सम्भावना देखिन्छ। जिद्दी प्रवृत्तिले काममा बाधा पुर्‍याउन सक्छ। प्रशासनिक प्रक्रियामा सजगता आवश्यक छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शुभ कार्यको सुरुवातका लागि अनुकूल समय छ। पहिल्यै योजना बनाइएका कामहरू सम्पन्न हुनेछन्। आदर्श व्यक्तिसँगको सहकार्यबाट नयाँ अनुभूति प्राप्त हुनेछ। अध्ययनमा पनि सुधार देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उत्साहजनक दिन रहनेछ। सोचेजस्तै काम सम्पन्न हुनेछन्। आकस्मिक धनलाभको सम्भावना छ। पारिवारिक वातावरणमा मेलमिलाप र महिला वर्गको सहयोग मिल्ने संकेत देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ सूचना प्राप्त हुनेछ। सामाजिक र धार्मिक गतिविधिमा संलग्नता बढ्नेछ। अघिका प्रयासबाट सकारात्मक प्रतिफल मिल्नेछ। प्रेमसम्बन्धमा समेत सहयोग मिल्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन निर्णय कार्यान्वयनमा कठिनाइ देखिन्छ। स्वास्थ्यमा अलिकति कमजोरी महसुस हुन सक्छ। आत्मबल र ऊर्जा घट्नसक्ने भएकाले धैर्यका साथ अघि बढ्नु उपयुक्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

एकै कामबाट दोहोरो लाभ प्राप्त हुने संकेत छ। पारिवारिक तथा सामाजिक सहयोग प्राप्त हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्ने सम्भावना छ। खानपानमा रुचि बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सांस्कृतिक तथा सामाजिक कार्यमा सक्रियता बढ्नेछ। धार्मिक आस्थामा बृद्धि हुनेछ। आकर्षक व्यक्तित्वले अरुलाई प्रभावित पार्न सकिनेछ, जसबाट रोकिएका कामहरू अगाडि बढ्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ योजनाको प्रारम्भका लागि समय अनुकूल देखिन्छ। नजिकका व्यक्तिसँगको भेटघाट सुखद रहनेछ। पारिवारिक सहयोग र यात्राको सम्भावना प्रबल छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लाभ र हानि, सुख र दुःख दुवैको मिश्रित अवस्था रहनेछ। धार्मिक भावनामा अभिवृद्धि हुनेछ। सामाजिक प्रतिष्ठा र मानसम्मानमा वृद्धिको सम्भावना देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारिवारिक समर्थनका कारण महत्त्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। प्रेम वा सहयोगी सम्वन्धमा सकारात्मक विकास हुनेछ। कार्यक्षमता र आत्मविश्वासमा बृद्धि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ ज्ञान प्राप्तिको अवसर आउन सक्छ। धार्मिक कार्यमा सहभागी हुनुपर्ने स्थिति देखिन्छ। आफन्तको प्रगति देखेर हर्षित भइनेछ। नयाँ अवसरहरूको संकेत पनि प्रबल छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अघिका अवरुद्ध कार्यहरू पुनः सञ्चालनमा आउनेछन्। उत्साह र उमङ्गमा वृद्धि हुनेछ। वैदेशिक सम्बन्धित कार्यहरूमा प्रगति हुने देखिन्छ। साहित्यिक एवं सृजनशील काममा रुचि बढ्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]