०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

आज मिति : वि. सं २०८२ असार १८ गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आषाढ १८, २०८२

आज मिति : वि. सं २०८२ असार १८ गते बुधबार

इ.सं. : 2nd July 2025 (Wednesday)

सूर्योदय: बिहान ०५:१३ बजे

सूर्यास्त: बेलुका १९:०२ बजे

तिथि : सप्तमी १३:२९ सम्म, तत्पश्चात् अष्टमी

पक्ष : आषाढ शुक्लपक्ष

नक्षत्र : उत्तरफाल्गुनी १३:१९ सम्म, तत्पश्चात् हस्ता

योग : वरियान् २०:२५ सम्म, तत्पश्चात् परिघ

करण : वणिज १३:२९ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: कन्या

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पूर्वमा गरिएको न्यायसंगत लगानीबाट आम्दानीमा सकारात्मक वृद्धि देखिन सक्छ। यद्यपि पारिवारिक सम्बन्धमा मतभेद र मनमुटाव बढ्ने सम्भावना छ। वरिष्ठको सुझाव उपेक्षा गर्दा महत्वपूर्ण काममा अड्चन आउन सक्ने संकेत देखिन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बौद्धिक क्षेत्र वा अध्ययन–अध्यापनमा सम्मानजनक उपलब्धि मिल्ने सम्भावना छ। परिवारभित्रको सम्बन्धमा सुधार देखिनेछ। प्रतिस्पर्धात्मक अवसरले आत्मबल अभिवृद्धि गराउनेछ। उद्योग तथा व्यापारबाट राम्रो लाभ लिन सकिने परिस्थिति बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ योजना वा कार्यको शुभारम्भ हुने सम्भावना प्रबल छ। मानसिक उत्साहमा वृद्धि हुनेछ। अधुरा कार्यहरू पूर्णतर्फ उन्मुख हुने समय हो।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आम्दानीमा वृद्धि हुने देखिन्छ। स्वदेशको तुलनामा विदेशप्रतिको आकर्षण बढ्नेछ। आलोचना हुन सक्ने सम्भावना रहे पनि पारिवारिक सहयोग बलियो रहनेछ। प्रयास अनुसार सफलता पाइने छ। फुर्सदिलो समय मिल्नेछ भने सामाजिक प्रतिष्ठा पनि बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निर्णयमा ढिलाइ वा असावधानीले कार्य रोकिन सक्छ। आर्थिक लाभका नाममा गरिएका जोखिमले मित्रतामा दरार ल्याउन सक्छ। ठूलो लगानीको सन्दर्भमा सावधानीपूर्वक अघि बढ्नु उपयुक्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ आम्दानी स्रोत सृजना हुनेछ। व्यवसायमा उल्लेखनीय प्रगति सम्भव छ। साझेदारी तथा लेनदेनमा लाभ मिल्नेछ। नयाँ जिम्मेवारीले कार्यक्षमताको पहिचान गराउनेछ। श्रमको उचित मूल्याङ्कन प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ नगर्ने काममा संलग्न हुनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन कठिन हुनेछ। आत्मबल प्रयोग गरेमा सामाजिक प्रभाव बढ्न सक्छ। विशिष्ट व्यक्तिहरूसँग सम्बन्ध विस्तार हुने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका कार्यहरू पुनः गति लिनेछन्। नयाँ जिम्मेवारी पाउने सम्भावना छ। कामको प्रशंसा प्राप्त हुनेछ। दीर्घकालीन दृष्टिले मिहिनेत गर्ने समय हो, जसको परिणाम भविष्यमा फलदायी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

श्रम र प्रयासको यथोचित मूल्याङ्कन हुने समय हो। आकस्मिक उपलब्धिले मनमा उल्लास ल्याउनेछ। व्यवसाय वा पेशागत क्षेत्रमा फाइदा हुने संकेत छन्। पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ ज्ञान प्राप्त गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनमा उन्नति देखिन्छ। व्यवसायिक प्रयोजनले यात्रा सम्भव छ। खर्च बढ्ने सम्भावना रहे पनि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएको लगानी उत्साहदायक हुने संकेत छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा अशान्ति रहनेछ। दायित्वका कारण मानसिक चाप बढ्न सक्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने स्थिति सिर्जना हुन सक्छ। प्रतिस्पर्धाको अवस्था रहन सक्ने भए पनि सावधानीपूर्वक अवसरको रक्षा गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक प्रतिष्ठा र सम्मानमा वृद्धि हुने समय छ। सेवामूलक कार्यमा रुचि जाग्नेछ। सञ्चित धन खर्च गर्नुपर्ने स्थिति आउन सक्छ, तर पारिवारिक साथ र सहयोग सन्तोषजनक रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]