०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

आज मिति : वि. सं २०८२ असार १५ गते आइतबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, आषाढ १५, २०८२

आज मिति : वि. सं २०८२ असार १५ गते आइतबार

इ.सं. : 29th June 2025 (Sunday)

सूर्योदय: बिहान ०५:१२ बजे

सूर्यास्त: बेलुका १९:०२ बजे

तिथि : चतुर्थी ११:५५ सम्म, तत्पश्चात् पञ्चमी

पक्ष : आषाढ शुक्लपक्ष

नक्षत्र : अश्लेषा ०९:४५ सम्म, तत्पश्चात् मघा

योग : वज्र २१:३७ सम्म, तत्पश्चात् सिद्धि

करण : विष्टि ११:५५ सम्म, तत्पश्चात् बव

चन्द्रराशि: कर्कट ०९:४५ सम्म, तत्पश्चात् सिंह

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ, विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निकटवर्ती व्यक्ति वा आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। व्यवसायमा समय दिन नसक्दा आम्दानीमा कमी हुन सक्छ। पारिवारिक वातावरणमा मतभेद बढ्न सक्ने भएकाले संयमित व्यवहार आवश्यक छ। अध्ययनमा ध्यान केन्द्रित गर्नुपर्ने समय हो।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिस्पर्धीलाई पछि पार्दै सफलता हासिल गर्ने योग छ। न्यून लगानीबाट सन्तोषजनक लाभ प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। शैक्षिक क्षेत्रमा पनि राम्रो उपलब्धि देखिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवाद वा प्रतिस्पर्धामा सफलता पाउन कठिन हुनेछ। व्यवसायमा गरिएको प्रयासअनुसार प्रतिफल पाउन कठिनाइ हुन सक्छ। शैक्षिक लक्ष्यमा पुग्न बढी समय र मिहिनेत आवश्यक हुनेछ। सामान्य स्वास्थ्य समस्याले दिनचर्यामा प्रभाव पार्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विविध अवसर प्राप्त हुने समय छ, जसको सही उपयोगबाट आम्दानीमा वृद्धि सम्भव छ। शैक्षिक क्षेत्रमा लक्ष्यअनुकूल प्रगति हुनेछ। छोटो यात्राको सम्भावना रहेकोछ, जसले मानसिक सन्तुलनमा सकारात्मक प्रभाव पार्नेछ। वैवाहिक सम्बन्धमा विश्वासको वातावरण थप सुदृढ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पदोन्नति, पुरस्कार वा जिम्मेवारी वृद्धि हुने योग छ। व्यवसायमा नयाँ विस्तारको सम्भावना देखिन्छ। कृषि तथा पशुपालन क्षेत्रसमेत लाभदायक रहनेछ। पारिवारिक तथा प्रेम सम्बन्धमा पनि सकारात्मक ऊर्जा देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजकीय वा प्रशासनिक पक्षबाट अनावश्यक झमेला निम्तिन सक्छ। स्वास्थ्यमा कमजोरी आउने सम्भावना भएकाले सचेत रहनु उचित हुनेछ। प्रतिष्ठामा कमी आउनसक्नेछ। शैक्षिक र व्यवसायिक क्षेत्र अपेक्षाकृत कमजोर देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शैक्षिक क्षेत्रमा कमजोरी अनुभव हुनसक्छ। काममा ढिलासुस्ती हुने सम्भावना छ, जसले आर्थिक पक्षलाई प्रभावित पार्न सक्छ। व्यवसायमा लगानीको अपेक्षित प्रतिफल प्राप्त नहुन सक्छ। पारिवारिक सम्बन्धमा अविश्वासको वातावरण देखा पर्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य सन्तोषजनक रहनेछ। आम्दानीका नयाँ स्रोतहरू सक्रिय हुनेछन्। सामाजिक कार्यमा संलग्न भई सम्मान प्राप्त गर्न सकिनेछ। परिवारमा सुखद् समाचारले हर्षको वातावरण बनाउनेछ। सवारी साधन प्राप्त हुने तथा छोटो यात्राको सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय र परिस्थितिले साथ दिने भएकाले महत्वाकांक्षी योजनाहरू सफल हुनेछन्। लामो दूरीको धार्मिक वा शैक्षिक यात्रा सम्भव छ। व्यवसायमा आफन्त तथा साथीहरूको सहयोग प्राप्त हुनेछ। समग्रमा सकारात्मक उर्जा रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा अपेक्षाअनुसार लाभ लिन समय लाग्न सक्छ। दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा विवाद उत्पन्न हुन सक्छ। अध्ययनमा प्रतिस्पर्धा गर्न कठिनाइ हुन सक्छ। धैर्य र संयम अपनाउनु आवश्यक देखिन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]