०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
×

आज मिति वि. सं. : २०८० मङ्सिर २४ गते आइतबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, मंसिर २४, २०८०

आजको पञ्चाङ्ग
वि. सं. : २०८० मङ्सिर २४ गते आइतबार

इ.सं. : 10th December 2023 (Sunday)

सूर्योदय: विहान 06:44 बजे

सूर्यास्त: बेलुका 17:07 बजे

तिथि : त्रयोदशी 29:50 सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष : मार्गशीर्ष कृष्णपक्ष

नक्षत्र : स्वाती 11:00 सम्म, तत्पश्चात् विशाखा

योग : अतिगण्ड 22:41 सम्म, तत्पश्चात् सुकर्मा

करण : गर 17:41 सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: तुला 29:42 सम्म, तत्पश्चात् वृश्चिक

ऋतु : हेमन्त

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज समय शुभ रहेको छ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन्। पढाई लेखाईमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। प्रेम जीवनमा रमाइलो यात्रा हुने योग छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । आज स्वास्थ्य राम्रो रहन सक्छ भने उचित मेहनत गरेर राम्रो आम्दानी गर्न सकिनेछ। विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानीको वातावरण बन्न सक्छ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्न सक्छ। माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्न सक्छ भने पतिपत्नी बीच अविश्वास सिर्जना हुन सक्छ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुपर्ने समय छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन मेहेनत धेरै गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुन सक्ने समय रहेकाले सतर्क रहनुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज समय सामान्य रहन सक्छ । हतार गर्नाले अनावश्यक विवादमा फस्नुपर्ने हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको अनुभव हुन सक्छ भने काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । व्यवसायमा सोचे जस्तो आम्दानी गर्न कठिन हुन सक्छ । आफ्ना कमजोरीहरुका कारण अरुबाट आलोचित हुनुपर्ने भएकाले ध्यान दिनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु तथा प्रतिस्पर्धीहरु तपाईंसँग पराजित हुन सक्छन् । स्वास्थ्य आज राम्रो रहन सक्छ भने काम गर्न सहज वातावरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरीमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रसङ्गमा एक अर्काबिच नजिक हुने तथा रमाउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय सामान्य छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धी समस्याले सताउने तथा मानसिक तनाव बढ्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि सहज वातावरण बन्नेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य छ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ। गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा अविश्वास तथा विवाद बढ्न सक्छ। व्यापार व्यवसायबाट आज नाफा कमाउन सकिंदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज दिन राम्रो रहेको छ। रोकिएका कामहरु बन्नुका साथै नयाँ काम तथा व्यवसायको थालनी हुन सक्ने समय छ। स्वास्थ्यमा सुधार आउनुका साथै काम गर्ने जोश जाँगर बढ्न सक्छ। आज साथीभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जनको लागि आजको दिन उत्तम रहेकाले आम्दानी बढ्न सक्छ। प्रेम जीवन तथा विद्यार्थीको लागि पनि आजको दिन शुभ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय खराब छ, आफन्त व्यक्तिसँग विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नया“ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ भने पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]