२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

आज मिति : वि. सं २०८२ जेठ २८ गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, जेठ २९, २०८२

आज मिति : वि. सं २०८२ जेठ २८ गते बुधबार

इ.सं. : 11th June 2025 (Wednesday)

सूर्योदय: बिहान ०५:०९ बजे

सूर्यास्त: बेलुका १८:५८ बजे

तिथि : पूर्णिमा १२:४६ सम्म, तत्पश्चात् प्रतिपदा

पक्ष : जेष्ठ शुक्लपक्ष

नक्षत्र : ज्येष्ठा २०:१७ सम्म, तत्पश्चात् मूल

योग : साध्य १४:४१ सम्म, तत्पश्चात् शुभ

करण : बव १२:४६ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि: वृश्चिक २०:१७ सम्म, तत्पश्चात् धनु

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्रतिफल कम हुनेछ। योजना बनाउँदा सजग रहनु उत्तम हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ आम्दानीको ढोका खुल्नेछ। साझेदारी लाभदायक हुनेछ। व्यवसायिक उचाइ चुम्न सकिनेछ। कर्मको सम्मान पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक फाइदा नभए पनि महत्वपूर्ण जिम्मेवारी आउन सक्छ। आत्मबल प्रयोग गरे सामाजिक रूपमा चम्किने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीहरूको साथमा अड्किएका काम बन्नेछन्। दीर्घकालीन लाभका लागि आजको मिहिनेत महत्वपूर्ण हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा समय लाग्नेछ, यात्रा पनि हुन सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। धैर्यले सफलता दिलाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पढाइ, व्यापार र आम्दानी तीनैमा सुधार हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ । प्रतिस्पर्धा बिना अवसर प्राप्त हुने संकेत छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कानुनी वा विवादास्पद मामिलामा सफलता। सानो प्रयासले ठूलो उपलब्धि दिलाउन सक्छ। सहयोगीहरूको साथ पाइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेम र पारिवारिक सम्बन्ध बलियो बन्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल छ। आर्थिक लाभ औसत रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २१ गते आइतबार इ.सं. : 7th December 2025 (Sunday) सूर्योदय: बिहान ६:४३ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : तृतीया २३:०० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : आर्द्रा १०:४० सम्म, तत्पश्चात् पुनर्वसु योग : शुक्ल २५:३१ सम्म, तत्पश्चात् ब्रह्म करण : वणिज ११:५६ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १६ गते मङ्गलबार इ.सं. : 2nd December 2025 (Tuesday) सूर्योदय: बिहान ६:३९ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : द्वादशी १२:२० सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : अश्विनी १८:३१ सम्म, तत्पश्चात् भरणी योग : वरियान् १९:४१ सम्म, तत्पश्चात् परिघ करण : बालव १२:२० सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १५ गते सोमबार इ.सं. : 1st December 2025 (Monday) सूर्योदय: बिहान ६:३८ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : एकादशी १४:२४ सम्म, तत्पश्चात् द्वादशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : रेवती १९:५८ सम्म, तत्पश्चात् अश्विनी योग : व्यतीपात २२:३८ सम्म, तत्पश्चात् वरियान् करण : विष्टि १४:२४ सम्म, तत्पश्चात् […]