२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

आज मिति : वि. सं २०८२ जेठ २६ गते सोमबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित सोमबार, जेठ २७, २०८२

आज मिति : वि. सं २०८२ जेठ २६ गते सोमबार

इ.सं. : 9th June 2025 (Monday)

सूर्योदय: बिहान ०५:०९ बजे

सूर्यास्त: बेलुका १८:५७ बजे

तिथि : त्रयोदशी ०९:२३ सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष : जेष्ठ शुक्लपक्ष

नक्षत्र : विशाखा १५:४९ सम्म, तत्पश्चात् अनुराधा

योग : शिव १३:५६ सम्म, तत्पश्चात् सिद्ध

करण : तैतिल ०९:२३ सम्म, तत्पश्चात् गर

चन्द्रराशि: तुला ०९:११ सम्म, तत्पश्चात् वृश्चिक

ऋतु : ग्रीष्म

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिका व्यक्तिहरुको आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै कृषिक्षेत्रबाट पनि लाभ लिन सकिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट फाइदा लिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। काममा उचित समय दिन सकिंदैन। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ। आफन्त तथा साथीभाईसँग विवाद पर्न सक्ने रहेकाले ध्यान दिनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ। अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनुपर्छ। आयआर्जनको क्षेत्र आज मध्यम रहन सक्छ। पढाईमा अलिक मेहनत गर्नुपर्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा उत्साह र उमङ्ग रहन सक्छ। शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ। नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ। विद्यार्थीहरुको पढाईमा ध्यान जान सक्ने र राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभव हुने र काम गर्ने जोशजाँगर कम हुन सक्छ। विद्यार्थीहरुले पढाईमा उचित ध्यान दिन नसक्दा उचित परिणाम प्राप्त गर्न कठिन हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मेहनतले गरिएको कामबाट लाभ हुने समय छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । पारिवारिक तथा प्रेम सम्बन्ध राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईबाट सफलता प्राप्त गर्न सक्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा सामान्य विवाद आएपनि त्यसलाई समाधान गर्न सक्ने समय छ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिन जरुरी छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुने व्यक्तिहरुको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । धनको हानि हुन सक्ने समय छ। सहकर्मी तथा मित्रबाट असहयोग हुन सक्छ भने जीवनसाथीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ जेठ २१ गते बिहीबार इ.सं. : 4th June 2026 (Thursday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४७ बजे तिथि : द्वितीया पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : मकर ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिश्रम अनुसारको प्रतिफल […]

आज मिति वि.सं. : २०८३ जेठ २० गते बुधबार इ.सं. : 3rd June 2026 (Wednesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : प्रतिपदा पक्ष : आषाढ कृष्णपक्ष प्रारम्भ चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिश्रमको उचित […]

आज मिति वि.सं. : २०८३ जेठ १९ गते मंगलबार इ.सं. : 2nd June 2026 (Tuesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : पूर्णिमा पक्ष : ज्येष्ठ शुक्लपक्ष चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि व्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक […]