०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

आज मिति २०८२ जेठ १७ गते शनिवारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, जेठ १८, २०८२

आज मिति २०८२ जेठ १७ गते शनिवार

आजकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन आजको दिन कर्कट राशिका जातकको लागि सुखद रहेको छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरुले अगाडी बढ्न नदिन सक्दछन सचेत भएर कामकारवाही अगाडी बढाउनुहोला सिहं राशिका जातकका लागि आजको दिन त्यति अनुकुल रहेको देखिदैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद्भावना बढ्नेछ । पारिवारिक रमझमले मन नै प्रफुल्लित हुनेछ । आजको दिन कन्या राशिका जातकको लागि शुभ रहेक छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अनावश्यक वादविवादमा फसिन सकिनेछ । झुटा आरोपहरु पनि लाग्न सक्दछन । यात्रा गर्दा सम्यम अपनाएर यात्रा गर्नुहोला । सानोतिनो चोटपटकको भय पनि रहेको छ । तुला राशीका जातकका लागि आजको दिन त्यति उपयुक्त रहेको देखिदैन।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

नम्र व्यवहारकै कारण समाजमा प्रतिष्ठित भइनेछ । धार्मिक यात्राको अवसर जुट्दा रमाइलो महसुस होला । भाग्यमा बृद्दी हुनेछ । अचानक रुपमा धन प्राप्त होला । शुभ समाचार सुन्न पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गरेका कामहरुको चौतर्फि तारिफ हुने देखिन्छ । प्रमोसन आदि कुराहरु आजका दिन हुन सक्नेछन । बुवासङ्गको सम्बन्धमा बढोत्तरी हुनेछ । सरकार बाट मानसम्मन पाइने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आय आर्जनमा बृद्दि हुनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन । व्यापार व्यवसायमा बृद्दी हुनेछ । पदोन्नति हुने समय पनि रहेको छ । मन प्रशन्न रहदा वरिपरिको माहोलमा पनि खुसी भएर बस्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अनावश्यक झगडामा परिनेछ । आर्थिक क्षति हुन सक्दछ । भौतिक श्रोत साधनबाट सोचेअनुरुप सफलता नपाइन सद्छन । सवारीसाधनले धोका दिन सक्दछ । सचेत रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

मन प्रशन्न रहनेछ आज शारीरिक स्फुर्ती बढ्दा मनमा कान्ति छाउनेछ । आज मनोरन्जनका क्षेत्रमा समय व्यतिक गर्न पाइनेछ । साथिभाइ सङ्गको जमघटले गर्दा हर्षोल्लासपुर्ण तवरबाट दिन व्यतित हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]