०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

आज  मिति वि. सं. : २०८२ वैशाख १३ गते शनिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख १३, २०८२

आज  मिति वि. सं. : २०८२ वैशाख १३ गते शनिबार

इ.सं. : 26th April 2025 (Saturday)

सूर्योदय: बिहान ०५:३१ बजे

सूर्यास्त: बेलुका १८:३४ बजे

तिथि : त्रयोदशी ०६:१५ सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष : वैशाख कृष्णपक्ष

नक्षत्र : रेवती २६:५४ सम्म, तत्पश्चात् अश्विनी

योग : वैधृति ०७:०८ सम्म, तत्पश्चात् विष्कम्भ

करण : वणिज ०६:१५ सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: मीन २६:५४ सम्म, तत्पश्चात् मेष

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार, कृषि, तथा उद्योगमा राम्रो फाइदा हुनेछ। आर्थिक लाभको अवसर मिल्नेछ। पारिवारिक मेलमिलाप कायम रहनेछ भने अध्ययनमा सफलता मिल्नेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसायमा राम्रो नाफा हुने समय छ। स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीले अध्ययनमा राम्रो प्रगति गर्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य सामान्य रहनेछ। धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुँदा मन प्रसन्न हुनेछ। पारिवारिक सम्बन्ध सौहार्दपूर्ण रहनेछ। मेहनतले अध्ययनमा राम्रो उपलब्धि मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कामको थालनी वा ठूलो लगानी गर्न उपयुक्त समय छैन। व्यापारमा हानीको सम्भावना छ। प्रेम जीवनमा असमझदारी आउन सक्छ, सचेत रहनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसायबाट राम्रो नाफा हात पर्नेछ। साझेदारीमा सफलता मिल्नेछ। पारिवारिक तथा प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। विद्यार्थीले अध्ययनमा राम्रो प्रगति गर्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बैंक, वित्त तथा लगानी क्षेत्रमा विशेष लाभ हुनेछ। धनको बचत र दीर्घकालीन योजनामा सफलता मिल्नेछ। स्वास्थ्य, पारिवारिक जीवन, प्रेम सम्बन्ध र अध्ययन अनुकूल रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शैक्षिक तथा बौद्धिक कार्यमा प्रगति हुनेछ। अनावश्यक यात्रा सम्भावना छ। पारिवारिक जीवन सामान्य रहनेछ। विद्यार्थीले मेहनत गरेमा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यात्रामा अवरोध तथा आर्थिक लेनदेनमा घाटा हुन सक्छ। परिवारमा स्वास्थ्य समस्या देखिन सक्छ। पारिवारिक र प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्छ। विद्यार्थीको ध्यान अध्ययनमा कम जान सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार व्यवसायमा राम्रो लाभ प्राप्त हुनेछ। विशेषगरी लत्ताकपडा, किराना वा तरल पदार्थको व्यवसायमा सफलता मिल्नेछ। परिवार तथा प्रेम सम्बन्धमा रमाइलो समय बित्नेछ। विद्यार्थीलाई अध्ययनमा राम्रो प्रगति हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

स्वास्थ्य कमजोर हुन सक्छ, मनमा उत्साहको कमी देखिन सक्छ। आर्थिक लेनदेनमा सतर्कता आवश्यक छ। पारिवारिक तथा प्रेम सम्बन्धमा सामान्य असमझदारी आउन सक्छ। विद्यार्थीको अध्ययनमा सामान्य प्रगति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक प्रसन्नता तथा प्रतिष्ठा बढ्नेछ। व्यापार तथा अवरुद्ध कार्यमा सफलता मिल्नेछ। नयाँ काम सुरु गर्न शुभ समय छ। पारिवारिक भेटघाट तथा मनोरञ्जनको अवसर प्राप्त हुनेछ। विद्यार्थीलाई अध्ययनमा सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिवारमा मतभेद तथा कार्यमा ढिलाइको सम्भावना छ। आर्थिक तथा सम्पत्ति सम्बन्धी विवाद हुन सक्छ। पशुपालन वा कृषि व्यवसायमा घाटा हुनसक्छ। विश्वासघातको सम्भावना भएकाले सतर्क रहनुहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]