०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८१ चैत ६ गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, चैत्र ०५, २०८१

आज मिति वि. सं. : २०८१ चैत ६ गते बुधबार

इ.सं. : 19th March 2025 (Wednesday)

सूर्योदय: बिहान ६:११ बजे

सूर्यास्त: बेलुका १८:१४ बजे

तिथि : पञ्चमी २१:२४ सम्म, तत्पश्चात् षष्ठी

पक्ष : चैत्र कृष्णपक्ष

नक्षत्र : विशाखा १८:०८ सम्म, तत्पश्चात् अनुराधा

योग : हर्षण १५:२२ सम्म, तत्पश्चात् वज्र

करण : कौलव ०८:२८ सम्म, तत्पश्चात् तैतिल

चन्द्रराशि: तुला ११:३२ सम्म, तत्पश्चात् वृश्चिक

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ व्यवसाय सुरुवात गर्नको लागि समय राम्रो रहेको छ । आयआर्जनका क्षेत्रहरु बलियो हुन सक्छन्। पढाई लेखाईमा राम्रो नतिजा प्राप्त गर्न सकिनेछ। प्रेम जीवनमा रमाइलो यात्रा हुने योग छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज स्वास्थ्य राम्रो रहन सक्छ। विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यवसायमा थप लगानीको वातावरण बन्न सक्छ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन मेहेनत धेरै गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुन सक्ने समय रहेकाले सतर्क रहनुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हतार गर्नाले अनावश्यक विवादमा फस्नुपर्ने हुन सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको अनुभव हुन सक्छ। व्यवसायमा सोचे जस्तो आम्दानी गर्न कठिन हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शत्रु तथा प्रतिस्पर्धीहरु तपाईंसँग पराजित हुन सक्छन् । स्वास्थ्य आज राम्रो रहन सक्छ भने काम गर्न सहज वातावरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला । व्यापार व्यवसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार व्यवसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि सहज वातावरण बन्नेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने समय रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य कमजोर रहन सक्छ। पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । व्यापार व्यवसायबाट आज उचित नाफा कमाउन सकिंदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रोकिएका कामहरु बन्नुका साथै नयाँ काम तथा व्यवसायको थालनी हुन सक्ने समय छ। स्वास्थ्यमा सुधार आउनुका साथै काम गर्ने जोश जाँगर बढ्न सक्छ। आयआर्जनको लागि आजको दिन उत्तम रहेकाले आम्दानी बढ्न सक्छ। प्रेम जीवन तथा विद्यार्थीको लागि पनि आजको दिन शुभ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । विद्यार्थीको लागि पनि आजको दिन शुभ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना रहेकाले सचेत रहनुपर्नेछ । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापारमा गरेको लगानि फस्टाएर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]