०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

आज मिति वि. सं. : २०८१ फागुन २५ आइतबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण २५, २०८१

आज मिति वि. सं. : २०८१ फागुन २५ आइतबार

इ.सं. : 9th March 2025 (Sunday)

सूर्योदय: बिहान ६:२२ बजे

सूर्यास्त: बेलुका १८:०८ बजे

तिथि : दशमी १०:४६ सम्म, तत्पश्चात् एकादशी

पक्ष : फाल्गुन शुक्लपक्ष

नक्षत्र : पुनर्वसु २६:२५ सम्म, तत्पश्चात् तिष्य

योग : सौभाग्य १७:४४ सम्म, तत्पश्चात् शोभन

करण : गर १०:४६ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: मिथुन २०:२६ सम्म, तत्पश्चात् कर्कट

ऋतु : शिशिर

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन मेष राशि भएकाहरूका लागि सकारात्मक रहनेछ। रमाइलो जमघटमा सहभागी भई स्वादिष्ट भोजनको आनन्द उठाउन सक्नुहुन्छ। विगतका उपलब्धिहरूले थप प्रेरणा दिनेछन्। आर्थिक पक्ष मजबुत रहनेछ, भने कामका सिलसिलामा गरिएको यात्रा फलदायी सावित हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन वृष राशिका लागि सामान्य रहनेछ। प्रतिद्वन्द्वीहरूसँग सतर्क रहनु आवश्यक छ। व्यापार तथा कृषिमा अपेक्षित फाइदा मिल्नेछ। योजना कार्यान्वयनमा केही ढिलाइ भए पनि अन्ततः सफलता हात लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका लागि आजको दिन शुभ रहनेछ। साहस र आत्मबल उच्च रहनेछ। थोरै प्रयासमै राम्रो उपलब्धि हात पार्न सकिनेछ। दीर्घकालीन फाइदा हुने योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि सामान्य समय छ। काममा ढिलासुस्ती हुनसक्छ, जसले गर्दा लक्ष्य प्राप्तिमा बाधा आउन सक्छ। खर्च बढ्ने सम्भावना रहेको हुँदा आर्थिक व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका लागि आजको दिन शुभ रहेको छ। व्यावसायिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ। नयाँ जिम्मेवारी मिल्नेछ, जसले आत्मविश्वासमा वृद्धि गर्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ, भौतिक सुविधाहरू प्राप्त गर्ने अवसर मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज कन्या राशिका लागि उत्कृष्ट समय रहेको छ। प्रतिष्ठित कार्यहरू गरेर प्रशंसा बटुल्न सकिनेछ। आम्दानी बढ्नेछ, साथै दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका लागि आजको समय सामान्य रहनेछ। आवश्यकभन्दा बढी अरूको काममा समय खर्च हुन सक्छ। आर्थिक व्यवस्थापनमा सतर्क रहनु उचित हुनेछ। संयम र धैर्यताका साथ काम गरे फाइदा उठाउन सकिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशिका लागि आजको समय मिश्रित रहनेछ। स्वास्थ्यका सम्बन्धमा सचेत रहनु आवश्यक छ। सामाजिक जिम्मेवारी बढ्न सक्छ। नयाँ काम थालनी गर्न उपयुक्त समय होइन। मिहिनेत गरे पनि अपेक्षित नतिजा नआउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आजको समय अनुकूल रहेको छ। पारिवारिक समस्याहरू समाधान हुनेछन्। मनोरञ्जनात्मक कार्यहरूमा संलग्न हुने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। विभिन्न चुनौतीहरूसँगै अवसरहरू पनि आउन सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशिका लागि आजको समय शुभ रहनेछ। लगनशीलताले काममा फाइदा दिलाउनेछ। यात्राबाट लाभ प्राप्त हुनेछ। शत्रुहरू पराजित हुनेछन्, भने स्वास्थ्य सुधार हुनेछ। व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आजको दिन राम्रो रहनेछ। मानसिक चिन्ताबाट मुक्ति पाइनेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो प्रदर्शन गर्न सक्नेछन्। सन्तान सम्बन्धी केही चिन्ता हुन सक्छ। व्यापार तथा व्यवसायमा लगनशीलता देखाएमा लाभ प्राप्त गर्न सकिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिका लागि आजको समय सामान्य रहनेछ। नयाँ काम सुरु गर्न उचित समय होइन। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। पहिलेदेखि गर्दै आएका कामहरूबाट लाभ भए पनि पारिवारिक क्षेत्रमा मतभेद सिर्जना हुन सक्ने सम्भावना भएकाले सतर्क रहनु उचित हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]