०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

आज मिति वि. सं. : २०८१ फागुन १७ गते शनिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

आज मिति वि. सं. : २०८१ फागुन १७ गते शनिबार

इ.सं. : 1st March 2025 (Saturday)

सूर्योदय: बिहान ६:३० बजे

सूर्यास्त: बेलुका १८:०३ बजे

तिथि : द्वितीया २७:०१ सम्म, तत्पश्चात् तृतीया

पक्ष : फाल्गुन शुक्लपक्ष

नक्षत्र : पूर्वभाद्रपदा १३:४१ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा

योग : साध्य १८:५८ सम्म, तत्पश्चात् शुभ

करण : बालव १६:०६ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि: कुम्भ ०८:०२ सम्म, तत्पश्चात् मीन

ऋतु : शिशिर

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

काममा सफलता मिल्नेछ । लाभमूलक क्षेत्रमा लगानी गर्ने समय छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकासको नयाँ अवसर मिल्न सक्छ । व्यापारबाट राम्रो फाइदा हुनेछ । अध्ययन तथा पारिवारिक क्षेत्र राम्रो रहन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार व्यवसाय विस्तार हुने समय छ। सरकारी क्षेत्रमा उचित अवसरको प्राप्ति हुन सक्छ। आयआर्जनको लागि समय शुभ छ। पढाई तथा पारिवारिक क्षेत्रबाट सन्तुष्टि मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काममा राम्रो उपलब्धि हासिल हुने समय छ । अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा प्रतिष्ठा कायम राख्न सकिने दिन छ । अध्ययन अध्यापनको क्षेत्रमा राम्रो प्रगति हुन सक्ने समय छ। पारिवारिक क्षेत्र भने आज मध्यम रहन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अनावश्यक सोच र चिन्ताले आवश्यक क्षेत्रमा उचित ध्यान पुग्न नसक्दा आर्थिक तथा व्यापार व्यवसायमा बाधाको सामना गर्नुपर्ने हुन सक्ने भएकाले सचेत रहनुपर्छ। स्वास्थ्यमा उचित ध्यान र पारिवारिक सम्बन्धमा मेलमिलाप कायम राख्न प्रयास गर्नुपर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक वातावरणमा रमाउन सक्ने समय छ। मनोरन्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। कुनै रमाइलो यात्राको अवसर बन्न सक्छ। काम तथा व्यवसायमा पनि मध्यम प्रगति हुने समय छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिनुपर्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धन लाभ हुने समय छ। शत्रू तथा रोगलाई पराजय गर्न सकिन्छ। मानसिक सुखको अनुभूति हुन सक्छ। व्यापार व्यवसाय तथा पढाईमा प्रगति हुने समय छ। पारिवारिक मेलमिलाप बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी व्यापारीका लागि राम्रो दिन देखिन्छ । आत्मविश्वासमा वृद्धि हुनाले सफलता प्राप्त हुनेछ । पारिवारिक भेटघाट तथा रमाइलो हुन सक्नेछ। स्वास्थ्यमा सुधारको समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विश्वासघातको सामना गर्नुपर्ने समय रहेकाले सचेत रहनुपर्छ। आज अपेक्षा गरेका व्यक्तिबाट पनि उचित सहयोग प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिनुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साथीभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आफ्नो प्रतिष्ठा राख्न सक्ने काम गर्ने समय छ। आर्थिक लाभको विभिन्न अवसर प्राप्त हुन सक्छ। स्वास्थ्यमा विशेष सुधार हुनेछ। काम तथा व्यवसायमा प्रगति गर्ने योग छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा उचित ध्यान दिनुपर्ला, अन्यथा असफलताको सामना गर्नुपर्ला। आर्थिक लेनदेन गर्दा सोचविचार पुर्याउनुपर्छ। आफन्तसँग मनमुटाव हुन सक्ने भएकाले सतर्क रहनुहोला। खर्चको मात्रा बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पारिवारिक रमझम तथा मनोरन्जनमा समय बित्न सक्छ। छोटो तथा मनोरंजनको यात्रा हुन सक्छ। मन प्रसन्न रहनेछ। खर्चमा सामान्य वृद्धि हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

खर्चमा नियन्त्रण गर्नुपर्नेछ। अस्वस्थ्य महसुस हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ। काममा पनि उचित ध्यान दिनुपर्छ। परिवारमा अनावश्यक विवाद नगर्दा राम्रो हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]