०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित ७ घाईते

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “नो केबलकार पक्षद्धारा सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएका थिएँ । मैले आन्दोलनरत पक्षका असिम पालुङवालाई राँके जुलुस नगर्न र शान्तिपुर्ण र्‍याली गर्नको लागि आग्रह गरेको थिए । हुँदैन भन्नुभयो । पछि बिरेन्द्र चोकमा राँके जुलुस निकाल्नभयो । थप क्षति नहुन दिनको लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भयो । घाईतेको यकिन विवरण छैन । हामी स्थितीलाई नियन्त्रण लिने प्रयास गरि रहेका छौँ ।”

नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्‍याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए । यसअघि बिहिबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाईते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाईते भएका थिए ।

पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]