२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित ७ घाईते

Logo
HeroNepal-tv प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप भएको छ ।

झडपमा प्रारम्भिक विवरण अुनसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अुनसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो, “नो केबलकार पक्षद्धारा सदरमुकाममा राँके जुलुस गर्ने जानकारी गराएका थिएँ । मैले आन्दोलनरत पक्षका असिम पालुङवालाई राँके जुलुस नगर्न र शान्तिपुर्ण र्‍याली गर्नको लागि आग्रह गरेको थिए । हुँदैन भन्नुभयो । पछि बिरेन्द्र चोकमा राँके जुलुस निकाल्नभयो । थप क्षति नहुन दिनको लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भयो । घाईतेको यकिन विवरण छैन । हामी स्थितीलाई नियन्त्रण लिने प्रयास गरि रहेका छौँ ।”

नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलनपछि शनिबार सदरमुकाम फुङलिङ झरेका थिए । सोही क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्‍याली पर्दशन गर्दै विरेन्द्रचोक पुगेर राँके जुलुसमा परिणत गरेका थिए ।

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए । यसअघि बिहिबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाईते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाईते भएका थिए ।

पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २७ गते शनिबार इ.सं. : 13th December 2025 (Saturday) सूर्योदय: बिहान ६:४७ बजे सूर्यास्त: बेलुका १७:०८ बजे तिथि : नवमी १९:४४ सम्म, तत्पश्चात् दशमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : उत्तरफाल्गुनी ०९:५१ सम्म, तत्पश्चात् हस्ता योग : आयुष्मान् १५:३१ सम्म, तत्पश्चात् सौभाग्य करण : तैतिल ०७:२० सम्म, तत्पश्चात् […]

मलेसिया !  मलेसियामा रहेका लिम्बू समुदायले आफ्नो मौलिक सांस्कृतिक चाड चासोक तङनाम यस वर्ष पनि किराँत याक्थुङ चुम्लुङ क्षेत्रीय समिति, जोहोरको आयोजनामा विविध सांस्कृतिक कार्यक्रमसहित १४ डिसेम्बर २०२५ (आइतबार) मा भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम जोहोर बारुस्थित JO Hotel मा आयोजना हुने छ। समितिका अध्यक्ष हेमराज लिम्बूका अनुसार मलेसियामा काम तथा बसोबास गर्ने लिम्बू […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २६ गते शुक्रबार इ.सं. : 12th December 2025 (Friday) सूर्योदय: बिहान ६:४६ बजे सूर्यास्त: बेलुका १७:०८ बजे तिथि : अष्टमी १९:०४ सम्म, तत्पश्चात् नवमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी ०८:५१ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : प्रीति १६:१४ सम्म, तत्पश्चात् आयुष्मान् करण : बालव ०६:५६ सम्म, तत्पश्चात् […]