०३ कार्तिक २०८३, सोमबार
19-10-2026 , Mon
×

यूएईमा आममाफीको अवधि दुई महिना थप भयाे

Logo
HeroNepal-tv प्रकाशित शनिबार, मंसिर ०८, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले कम्पनी छाडेर भागेका, भिसाको म्याद सकिएर ‘ओभरस्टे’ भएर बसेका नेपालीसहित आप्रवासी कामदारहरूलाई दिएको आममाफीको अवधि दुई महिना थपेर ३१ डिसेम्बरसम्म कायम गरेको छ ।

यूएई सरकारले गत १ सेप्टेम्बरदेखि ३० अक्टोबरसम्म दुई महिनासम्मका लागि आममाफीको समयसीमा तोकेको थियो । ३१ डिसेम्बरसम्म चल्ने यो दुई महिनाको योजनाले उल्लंघन गर्नेहरूलाई या त आफ्नो स्थिति नियमित गर्न वा प्रतिबन्ध, जरिमाना वा एक्जिट शुल्कबिना देश छोड्न अनुमति दिनेछ ।

अबुधाबीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै यसमा आफू कार्यरत कम्पनीबाट भागेकाहरू (रनवे), त्यहाँको अध्यागमन नियम उल्लंघन गरेकाहरूलाई पनि सहभागी हुन अनुरोध गरेको छ । अवैधानिक भएकाहरू त्यहाँको सरकारले तोकेको प्रक्रिया पूरा गरेर वैधानिक रूपमा यूएईमै रहन तथा नेपाल फर्केर पुनः यूएई जानसक्ने कानुनी आधार निर्माण हुने दूतावासले जनाएको छ ।

‘ओभरस्टे’ भनेको भिसामा तोकिएको भन्दा लामो समयसम्म गन्तव्य देशमा रहनु भन्ने हुन्छ । यसरी बस्नुलाई गैरकानुनी वा अवैधानिक मानिन्छ । ‘एम्नेस्टी २०२४’ मा सहभागी हुन यूएईको अध्यागमनसँग सम्बन्धित जरिमाना र शुल्कहरू तिर्नु नपर्ने दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अगस्टसम्म काम गर्ने भिसामा भाग्नु अथवा ओभरस्टे फाइनमा परेका तथा सो अवधिसम्म अध्यागमन नियम उल्लंघन गरेका व्यक्तिहरूले मात्र आममाफीको सुविधा पाउनेछन् । १ सेप्टेम्बरदेखि जरिमानामा परेका तथा अध्यागमन नियम उल्लंघन गरेका व्यक्तिहरूलाई यस आममाफीको सुविधा लागू हुने दूतावासले जनाएको छ ।

आममाफीको सुविधा उपयोग गरी नेपाल फर्कन चाहने व्यक्तिहरूका लागि ट्राभल डकुमेन्ट उपलब्ध गराउन दुबईस्थित अल अविर अध्यागमनमा रहेको हेल्प डेस्कमा प्रत्येक साताको बुधबार दूतावासबाट कर्मचारीहरू खटिने भएकाले सोही दिन मात्र सेवा लिन अनुरोध छ ।

ट्राभल डकुमेन्ट बनाउन जाँदा दूतावासको सूचनामा उल्लेख भएका प्रक्रियाहरू पूरा गरी जानसमेत अनुरोध गरिएको छ । आममाफीको सुविधा उपयोग गरी कानुनी रूपमा यूएईमै बस्न वा स्वदेश फर्कन चाहनेहरूका लागि आवश्यक सहयोग गर्न गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज, यूएई तथा यूएईमा रहेका विभिन्न संघसंस्था र समाजहरू एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार नेपाल फर्किन चाहनेको हकमा भने हवाई टिकटको व्यवस्था स्वयंले गर्नुपर्ने हुन्छ । प्रक्रिया पूरा गरी नेपाल फर्केको व्यक्ति फेरि यूएई फर्किन चाहे कुनै बाधा नपर्ने पनि दूतावासले जनाएको छ ।

यसरी एकतर्फी यात्रा अनुमतिपत्र (टीडी)प्राप्त व्यक्ति अनिवार्य रूपमा १४ दिनभित्र नेपाल फर्किनुपर्ने हुन्छ । आममाफी पाएकाहरूले दूतावासले उपलब्ध गराएको ह्वाट्स एप नम्बरमा मात्र सम्पर्क गर्ने सकिने दूतावासले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]