०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

आज मिति वि. सं. : २०८१ मङ्सिर ८ गते शनिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, मंसिर ०८, २०८१

आज मिति वि. सं. : २०८१ मङ्सिर ८ गते शनिबार

इ.सं. : 23th November 2024 (Saturday)

सूर्योदय: विहान ०६:३२ बजे

सूर्यास्त: बेलुका १७:०७ बजे

तिथि : अष्टमी २२:३१ सम्म, तत्पश्चात् नवमी

पक्ष : मार्गशीर्ष कृष्णपक्ष

नक्षत्र : मघा २२:४४ सम्म, तत्पश्चात् पूर्वाफाल्गुनी

योग : ऐन्द्र १५:४७ सम्म, तत्पश्चात् वैधृति

करण : बालव ०९:५५ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि: सिंह

ऋतु : हेमन्त

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम सम्बन्ध र पढाईको क्षेत्र राम्रो रहनेछ। बोलीको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्र सबल भएर जानेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विद्या र बुद्धिले गरेको कामबाट राम्रो लाभ मिल्ने समय छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । नियमित खर्च बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । टाढाको यात्रा फलदायी हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पढाइमा प्रगति हुनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कारोबारबाट बढी फाइदा लिने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा समय केन्द्रित हुनेछ । प्रेम जीवनमा असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । शत्रुहरू पराजित हुनेछन् । समाजसेवाका कामबाट लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । व्यवहारिक काममा यात्रा गर्नुपर्ने हुन सक्छ। गरिरहेको काममा कडा मेहेनत गर्नुपर्नेछ भने नयाँ काम र लगानीको लागि उचित समय रहेको छैन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुन सुरु हुन सक्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]