०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

आज मिति  वि. सं. : २०८१ कार्तिक १९ गते सोमबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित सोमबार, कार्तिक १९, २०८१

आज मिति  वि. सं. : २०८१ कार्तिक १९ गते सोमबार

इ.सं. : 4th November 2024 (Monday)

सूर्योदय: विहान ०६:१७ बजे

सूर्यास्त: बेलुका १७:१६ बजे

तिथि : तृतीया २१:१९ सम्म, तत्पश्चात् चतुर्थी

पक्ष : कार्तिक शुक्लपक्ष

नक्षत्र : अनुराधा ०७:२५ सम्म, तत्पश्चात् ज्येष्ठा

योग : शोभन १२:०२ सम्म, तत्पश्चात् अतिगण्ड

करण : तैतिल ०८:५५ सम्म, तत्पश्चात् गर

चन्द्रराशि: वृश्चिक

ऋतु : शरद्

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । कामबाट पनि फुर्सद पाइने छ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने दिन छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा उचित समय दिन नसकिएला । आत्मबल र हिम्मतको प्रयोग गरेमा सामाजिक क्षेत्रमा नेतृत्व प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज साथीभाई तथा सहयोगीको मद्दतले बिग्रेको काम पनि बन्नसक्छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । दीर्घकालिक फाइदाका लागि मिहिनेत र परिश्रम गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज काममा समय बित्न सक्छ। विना प्रयोजनको यात्रामा समय खर्चिनुपर्ने हुन सक्छ। स्वास्थ्य केहि कमजोर रहन सक्छ। काममा ढिलासुस्ती भएपनि मेहेनत गर्दा काम सफल हुन सक्छ। मनोरन्जनको क्षेत्र खर्च हुन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । कामका लागि अनुकूल समय छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गर्न सक्ने समय रहेको छ। आर्थिक लाभ सामान्य मात्र रहन सक्छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ ७ गते बुधबार इ.सं. : 21th January 2026 (Wednesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३४ बजे तिथि : तृतीया २६:२१ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : माघ शुक्लपक्ष नक्षत्र : धनिष्ठा १४:०९ सम्म, तत्पश्चात् शतभिषा योग : व्यतीपात १९:२८ सम्म, तत्पश्चात् वरियान् करण : तैतिल १४:३२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ ६ गते मङ्गलबार इ.सं. : 20th January 2026 (Tuesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३३ बजे तिथि : द्वितीया २६:३५ सम्म, तत्पश्चात् तृतीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : श्रवण १३:३३ सम्म, तत्पश्चात् धनिष्ठा योग : सिद्धि २०:४६ सम्म, तत्पश्चात् व्यतीपात करण : बालव १४:३१ सम्म, तत्पश्चात् […]

आज मितिवि. सं. : २०८२ माघ ५ गते सोमबार इ.सं. : 19th January 2026 (Monday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३२ बजे तिथि : प्रतिपदा २६:१९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १२:२७ सम्म, तत्पश्चात् श्रवण योग : वज्र २१:४० सम्म, तत्पश्चात् सिद्धि करण : किंष्तुघ्न १३:५९ सम्म, तत्पश्चात् बव […]