२६ मंसिर २०८२, बिहिबार
11-12-2025 , Thu
×

आज नवरात्रको छैटौं दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन २२, २०८१

काठमाडौं । आजआश्विनशुक्लपञ्चमीअर्थात् नवरात्रको छैटौँ दिन।आजदशैं घर वापूजा कोठामा नौ दुर्गामध्येकीपाँचौं स्कन्दमाताको विधिपूर्वक पूजाआराधनागरिँदै छ ।

छान्दोग्यश्रुतीकाअनुसार भगवतीको शक्तिबाटउत्पन्नभएकाले सनत्कुमारको नाम स्कन्द रहनगएको हो । स्कन्दको माताभएकाले पार्वती नै स्कन्दमाताकानामलेचिनिन्छ।

नवरात्रका नौ दिनघटस्थापनागरिएको स्थलमादुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ ।

नवरात्रकाअवसरमादेवीको आराधना गरी पूजा गरेमाशक्ति, ऐश्वर्य र विद्याप्राप्तहुने धार्मिक विश्वास छ ।

यसै आधारमावैदिक सनातनधर्मावलम्बीले प्रत्येक वर्ष आश्विनशुक्लप्रतिपदादेखि नवमीसम्मदुर्गा देवीको विशेष आराधनागर्छन् । नौ दिनसम्मपूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रतपूर्णिमाकादिनसम्मलगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिनअसोज १७गते बिहीबार दशैं घर वापूजा कोठामा वैदिकविधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

त्यसै दिनघटस्थापनागरिएको स्थानमा नौ दुर्गामध्येकीपहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधनागरियो । दोस्रो दिनशुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधनागरिएको थियो भने तेस्रो दिनशनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथपूजाआराधनागरियो ।

चौँथो दिनआइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधनागरिएको थियो । पाँचौँदिन सोमबार पनि चौथीतिथि वृद्धिभएकाले कुष्माण्डा देवीकै पूजाआराधनागरिएको थियो । नवरात्रको छैटौँदिनआजभने स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिनब्रह्मचारिणी, तेस्रो दिनचन्द्रघण्टा, चौथो दिनकुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिनकात्यायनी, सातौँ दिनकालरात्री, आठौँ दिनमहागौरी, र नवौँ दिनसिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यस वर्ष भने चौथीतिथि वृद्धिभई दुई दिनको सूर्योदयकालमातिथि परेको नेपालपञ्चाङ्गनिर्णायक समितिले जनाएको छ । यीनै नौ वटादुर्गाका रुपलाई नवदुर्गा पनिभनिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २४ गते बुधबार इ.सं. : 10th December 2025 (Wednesday) सूर्योदय: बिहान ६:४५ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : षष्ठी १९:१७ सम्म, तत्पश्चात् सप्तमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : अश्लेषा ०८:१९ सम्म, तत्पश्चात् मघा योग : वैधृति १८:५३ सम्म, तत्पश्चात् विष्कम्भ करण : गर ०७:३८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २२ गते सोमबार इ.सं. : 8th December 2025 (Monday) सूर्योदय: बिहान ६:४४ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : चतुर्थी २१:२३ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : पुनर्वसु ०९:३२ सम्म, तत्पश्चात् तिष्य योग : ब्रह्म २३:०० सम्म, तत्पश्चात् ऐन्द्र करण : बव १०:०९ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २१ गते आइतबार इ.सं. : 7th December 2025 (Sunday) सूर्योदय: बिहान ६:४३ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : तृतीया २३:०० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : आर्द्रा १०:४० सम्म, तत्पश्चात् पुनर्वसु योग : शुक्ल २५:३१ सम्म, तत्पश्चात् ब्रह्म करण : वणिज ११:५६ सम्म, तत्पश्चात् […]