०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

आज नवरात्रको छैटौं दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, आश्विन २२, २०८१

काठमाडौं । आजआश्विनशुक्लपञ्चमीअर्थात् नवरात्रको छैटौँ दिन।आजदशैं घर वापूजा कोठामा नौ दुर्गामध्येकीपाँचौं स्कन्दमाताको विधिपूर्वक पूजाआराधनागरिँदै छ ।

छान्दोग्यश्रुतीकाअनुसार भगवतीको शक्तिबाटउत्पन्नभएकाले सनत्कुमारको नाम स्कन्द रहनगएको हो । स्कन्दको माताभएकाले पार्वती नै स्कन्दमाताकानामलेचिनिन्छ।

नवरात्रका नौ दिनघटस्थापनागरिएको स्थलमादुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ ।

नवरात्रकाअवसरमादेवीको आराधना गरी पूजा गरेमाशक्ति, ऐश्वर्य र विद्याप्राप्तहुने धार्मिक विश्वास छ ।

यसै आधारमावैदिक सनातनधर्मावलम्बीले प्रत्येक वर्ष आश्विनशुक्लप्रतिपदादेखि नवमीसम्मदुर्गा देवीको विशेष आराधनागर्छन् । नौ दिनसम्मपूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रतपूर्णिमाकादिनसम्मलगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिनअसोज १७गते बिहीबार दशैं घर वापूजा कोठामा वैदिकविधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

त्यसै दिनघटस्थापनागरिएको स्थानमा नौ दुर्गामध्येकीपहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधनागरियो । दोस्रो दिनशुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधनागरिएको थियो भने तेस्रो दिनशनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथपूजाआराधनागरियो ।

चौँथो दिनआइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधनागरिएको थियो । पाँचौँदिन सोमबार पनि चौथीतिथि वृद्धिभएकाले कुष्माण्डा देवीकै पूजाआराधनागरिएको थियो । नवरात्रको छैटौँदिनआजभने स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिनब्रह्मचारिणी, तेस्रो दिनचन्द्रघण्टा, चौथो दिनकुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिनकात्यायनी, सातौँ दिनकालरात्री, आठौँ दिनमहागौरी, र नवौँ दिनसिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यस वर्ष भने चौथीतिथि वृद्धिभई दुई दिनको सूर्योदयकालमातिथि परेको नेपालपञ्चाङ्गनिर्णायक समितिले जनाएको छ । यीनै नौ वटादुर्गाका रुपलाई नवदुर्गा पनिभनिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]