०२ कार्तिक २०८३, आइतबार
18-10-2026 , Sun
×

आज मिति वि. सं. : २०८१ असोज ७ गते सोमबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०७, २०८१

आज मिति वि. सं. : २०८१ असोज ७ गते सोमबार

इ.सं. : 23th September 2024 (Monday)

सूर्योदय: विहान ०५:५३ बजे

सूर्यास्त: बेलुका १७:५७ बजे

तिथि : षष्ठी १९:२६ सम्म, तत्पश्चात् सप्तमी

पक्ष : आश्विन कृष्णपक्ष

नक्षत्र : रोहिणी २८:२२ सम्म, तत्पश्चात् मृगशिरा

योग : वज्र १२:२१ सम्म, तत्पश्चात् सिद्धि

करण : गर ०८:१६ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: वृष

ऋतु : शरद्

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मान सम्मान बढ्ने देखिन्छ । समाज सेवामा मन जानेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि समय शुभ रहेको छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंहका लागि आज दिन राम्रो रहेको छ । शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ। दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ। स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज समय सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्। आफन्तले दु स्खी बनाए भनेर निराश नहुनु राम्रो हुन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दुस्ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ। परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]

आज मिति : वि. सं. २०८३ असोज १३ गते मंगलबारइ.सं. : 29th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५५ बजेसूर्यास्त: बेलुका १७:५१ बजे तिथि : तृतीयापक्ष : आश्विन कृष्णपक्षनक्षत्र : अश्विनीयोग : व्याघातकरण : गरचन्द्रराशि : मेषऋतु : शरदअयन : दक्षिणायन आजको राशिफल मेषव्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आर्थिक पक्षमा सुधार […]