२५ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

सोह्र श्राद्ध शुरु, आज बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरुगरिदै ।

Logo
Manoj DC प्रकाशित बुधबार, आश्विन ०२, २०८१

काठमाडौं : सोह्र श्राद्ध शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ।

बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो।

मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ।

सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्। यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ।

यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ।

सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ। यो श्राद्ध अपराह्नकालमा गर्ने विधान रहेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले बताए।

असोज १६ गते औँसी श्राद्ध गरेपछि सोह्र श्राद्ध सम्पन्न हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २४ गते बुधबार इ.सं. : 10th December 2025 (Wednesday) सूर्योदय: बिहान ६:४५ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : षष्ठी १९:१७ सम्म, तत्पश्चात् सप्तमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : अश्लेषा ०८:१९ सम्म, तत्पश्चात् मघा योग : वैधृति १८:५३ सम्म, तत्पश्चात् विष्कम्भ करण : गर ०७:३८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २२ गते सोमबार इ.सं. : 8th December 2025 (Monday) सूर्योदय: बिहान ६:४४ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : चतुर्थी २१:२३ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : पुनर्वसु ०९:३२ सम्म, तत्पश्चात् तिष्य योग : ब्रह्म २३:०० सम्म, तत्पश्चात् ऐन्द्र करण : बव १०:०९ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २१ गते आइतबार इ.सं. : 7th December 2025 (Sunday) सूर्योदय: बिहान ६:४३ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : तृतीया २३:०० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : आर्द्रा १०:४० सम्म, तत्पश्चात् पुनर्वसु योग : शुक्ल २५:३१ सम्म, तत्पश्चात् ब्रह्म करण : वणिज ११:५६ सम्म, तत्पश्चात् […]