२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

आज मिति वि. सं. : २०८१ असोज २ गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, आश्विन ०२, २०८१

आज मिति वि. सं. : २०८१ असोज २ गते बुधबार

इ.सं. : 18th September 2024 (Wednesday)

सूर्योदय: विहान ०५:५१ बजे

सूर्यास्त: बेलुका १८:०३ बजे

तिथि : पूर्णिमा ०८:४३ सम्म, तत्पश्चात् प्रतिपदा

पक्ष : भाद्र शुक्लपक्ष

नक्षत्र : पूर्वभाद्रपदा १२:५२ सम्म, तत्पश्चात् उत्तरभाद्रपदा

योग : शूल ०६:०० सम्म, तत्पश्चात् गण्ड

करण : बव ०८:४३ सम्म, तत्पश्चात् बालव

चन्द्रराशि: कुम्भ ०७:१६ सम्म, तत्पश्चात् मीन

ऋतु : शरद्

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिका लागि आज समय राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ। परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ। पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ। आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन।आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ। आज पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ। आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। आज सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ। आज स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ। आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। आज अनावश्यक यात्रा हुन सक्छ। आज पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय सामान्य रहेको छ। आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ। आज पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आज परिवारमा रमाइलो हुन सक्छ । विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । आज मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। आज प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज समय राम्रो रहन सक्छ । मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । आज आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय अनुकुल छैन। आज स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर १६ गते मङ्गलबार इ.सं. : 2nd December 2025 (Tuesday) सूर्योदय: बिहान ६:३९ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : द्वादशी १२:२० सम्म, तत्पश्चात् त्रयोदशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : अश्विनी १८:३१ सम्म, तत्पश्चात् भरणी योग : वरियान् १९:४१ सम्म, तत्पश्चात् परिघ करण : बालव १२:२० सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १५ गते सोमबार इ.सं. : 1st December 2025 (Monday) सूर्योदय: बिहान ६:३८ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : एकादशी १४:२४ सम्म, तत्पश्चात् द्वादशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : रेवती १९:५८ सम्म, तत्पश्चात् अश्विनी योग : व्यतीपात २२:३८ सम्म, तत्पश्चात् वरियान् करण : विष्टि १४:२४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर १४ गते आइतबार इ.सं. : 30th November 2025 (Sunday) सूर्योदय: बिहान ६:३७ बजे सूर्यास्त: बेलुका १७:०६ बजे तिथि : दशमी १६:१३ सम्म, तत्पश्चात् एकादशी पक्ष : मार्गशीर्ष शुक्लपक्ष नक्षत्र : उत्तरभाद्रपदा २१:१० सम्म, तत्पश्चात् रेवती योग : सिद्धि २५:२५ सम्म, तत्पश्चात् व्यतीपात करण : गर १६:१३ सम्म, तत्पश्चात् […]