०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

प्रधानमन्त्री केपी ओली इन्द्रजात्रा पुगेपछि काठमाडौंका मेयर ‘बालेन’अनुपस्थित

Logo
Manoj DC प्रकाशित मंगलबार, आश्विन ०१, २०८१

काठमाडौँ । इन्द्रजात्राका अवसरमा काठमाडौँको हनुमान ढोका दरबार क्षेत्रमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित राज्यका उच्च पदस्थहरू समारोहमा उपस्थित छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ भने समारोहमा अनुपस्थित रहे । उनले अघिल्लो वर्ष इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै विदेशी अतिथिहरूलाई पनि बोलाएका थिए । तर, यसपालि आफैँले अघोषित बहिष्कार गरेका छन् । इन्द्रजात्रा छल्नकै लागि बालेन भारतको बैंगलोर पुगेको सचिवालयको दाबी छ ।

आज उनी फर्किने सेड्यूल भए पनि इन्द्रजात्रामा सहभागी नहुने निधो थियो । समारोहमा बालेनका केही समर्थकहरू उनको नाम र तस्बिर अंकित टिसर्ट लगाएर पुगेका थिए । कार्यक्रम सुरु नहुँदै पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।इन्द्रजात्रा समारोहमा काठमाडौं महानगरको नेतृत्व उपमेयर सुनिता डंगोलले गरिन् । उनले राष्ट्रपतिसहित विशिष्ट पाहुनाहरूलाई स्वागत गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मितिवि. सं. : २०८२ पुष २ गते बुधबार इ.सं. : 17th December 2025 (Wednesday) सूर्योदय: बिहान ६:४९ बजे सूर्यास्त: बेलुका १७:१० बजे तिथि : त्रयोदशी २६:३६ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : विशाखा १८:०७ सम्म, तत्पश्चात् अनुराधा योग : सुकर्मा १५:५३ सम्म, तत्पश्चात् धृति करण : गर १३:३१ सम्म, तत्पश्चात् वणिज […]

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]