२५ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

दसैँको लागि हवाई टिकट धमाधम बुकिङ सुरू कहाँको भाडा कति छ ?

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र २६, २०८१

काठमाडौँ । दसैँ आउन एक महिना बाँकी भए पनि यात्रुहरूले हवाई टिकटको बुकिङ सुरु गरिसकेका छन् । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । तर पछि अभाव हुने डरले यात्रुहरूले अहिले नै बुकिङ थालिसकेका छन् । अहिले काठमाडौँबाट सबै गन्तव्यको लागि दसैँ अघिका टिकट बुकिङ भइरहेको यती एयरलाइन्सकी विपना श्रेष्ठले जानकारी दिइन् । ‘एयरलाइन्सहरूले दसैँका लागि छुट्टै बुकिङ नखुलाउने भएका कारण पनि यात्रुहरूले आफू अनुकूल बुकिङ गरिरहनु भएको छ । प्रायः सबै गन्तव्यको बुकिङ उत्तिकै भइरहेको छ ।’

सामान्य दिनमा पनि काठमाडौँबाट पोखरा, नेपालगञ्ज, भैरहवा, धनगढी, विराटनगर लगायतका गन्तव्यमा दर्जनौँ उडान भइरहेका छन् । दसैँको बेला यी गन्तव्यमा यात्रुको चाप झन् बढ्छ । सबै गन्तव्यमा टिकट बुकिङ भइरहे पनि टिकटको अभाव भने नहुने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । ‘अहिले नै उडान थप गर्ने निश्चित भइसकेको छैन । तर विगतका वर्षको अनुपातलाई हेर्दा टिकट नै नपाउने अवस्था भने आउँदैन,’ श्रेष्ठले भनिन् ।

बुद्ध एयरको पनि सबै गन्तव्यको बुकिङ भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरका दीपेन्द्र कर्ण भन्छन्, ‘यात्रुले आफू अनुकूलको समय र भाडादर छनोट गर्न पाइने भएकाले पनि सुरुवातमै बुकिङ गरेको देखिन्छ । विगतका वर्षमा पनि एक महिनाअघि बुकिङ सुरु हुन्थ्यो ।’

सरकारले हवाई टिकटको न्यूनतम र अधिकतम भाडादर तय गरेको हुन्छ । एयरलाइन्स कम्पनीहरूले सोही अनुसार भाडा लिने गर्छन् । यात्रुले टिकट काट्दा न्यूनतमदेखि अधिकतम भाडा छनोटको सुविधा पनि दिइएको हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २४ गते बुधबार इ.सं. : 10th December 2025 (Wednesday) सूर्योदय: बिहान ६:४५ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : षष्ठी १९:१७ सम्म, तत्पश्चात् सप्तमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : अश्लेषा ०८:१९ सम्म, तत्पश्चात् मघा योग : वैधृति १८:५३ सम्म, तत्पश्चात् विष्कम्भ करण : गर ०७:३८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २२ गते सोमबार इ.सं. : 8th December 2025 (Monday) सूर्योदय: बिहान ६:४४ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : चतुर्थी २१:२३ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : पुनर्वसु ०९:३२ सम्म, तत्पश्चात् तिष्य योग : ब्रह्म २३:०० सम्म, तत्पश्चात् ऐन्द्र करण : बव १०:०९ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ मङ्सिर २१ गते आइतबार इ.सं. : 7th December 2025 (Sunday) सूर्योदय: बिहान ६:४३ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : तृतीया २३:०० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : आर्द्रा १०:४० सम्म, तत्पश्चात् पुनर्वसु योग : शुक्ल २५:३१ सम्म, तत्पश्चात् ब्रह्म करण : वणिज ११:५६ सम्म, तत्पश्चात् […]