०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

दसैँको लागि हवाई टिकट धमाधम बुकिङ सुरू कहाँको भाडा कति छ ?

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र २६, २०८१

काठमाडौँ । दसैँ आउन एक महिना बाँकी भए पनि यात्रुहरूले हवाई टिकटको बुकिङ सुरु गरिसकेका छन् । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । तर पछि अभाव हुने डरले यात्रुहरूले अहिले नै बुकिङ थालिसकेका छन् । अहिले काठमाडौँबाट सबै गन्तव्यको लागि दसैँ अघिका टिकट बुकिङ भइरहेको यती एयरलाइन्सकी विपना श्रेष्ठले जानकारी दिइन् । ‘एयरलाइन्सहरूले दसैँका लागि छुट्टै बुकिङ नखुलाउने भएका कारण पनि यात्रुहरूले आफू अनुकूल बुकिङ गरिरहनु भएको छ । प्रायः सबै गन्तव्यको बुकिङ उत्तिकै भइरहेको छ ।’

सामान्य दिनमा पनि काठमाडौँबाट पोखरा, नेपालगञ्ज, भैरहवा, धनगढी, विराटनगर लगायतका गन्तव्यमा दर्जनौँ उडान भइरहेका छन् । दसैँको बेला यी गन्तव्यमा यात्रुको चाप झन् बढ्छ । सबै गन्तव्यमा टिकट बुकिङ भइरहे पनि टिकटको अभाव भने नहुने एयरलाइन्स कम्पनीहरूले जनाएका छन् । ‘अहिले नै उडान थप गर्ने निश्चित भइसकेको छैन । तर विगतका वर्षको अनुपातलाई हेर्दा टिकट नै नपाउने अवस्था भने आउँदैन,’ श्रेष्ठले भनिन् ।

बुद्ध एयरको पनि सबै गन्तव्यको बुकिङ भइरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरका दीपेन्द्र कर्ण भन्छन्, ‘यात्रुले आफू अनुकूलको समय र भाडादर छनोट गर्न पाइने भएकाले पनि सुरुवातमै बुकिङ गरेको देखिन्छ । विगतका वर्षमा पनि एक महिनाअघि बुकिङ सुरु हुन्थ्यो ।’

सरकारले हवाई टिकटको न्यूनतम र अधिकतम भाडादर तय गरेको हुन्छ । एयरलाइन्स कम्पनीहरूले सोही अनुसार भाडा लिने गर्छन् । यात्रुले टिकट काट्दा न्यूनतमदेखि अधिकतम भाडा छनोटको सुविधा पनि दिइएको हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]