१० बैशाख २०८३, बिहिबार
23-04-2026 , Thu
×

आज  मिति,वि. सं. : २०८१ भदौँ २३ गते आइतबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, भाद्र २३, २०८१

आज  मिति,वि. सं. : २०८१ भदौँ २३ गते आइतबार

इ.सं. : 8th September 2024 (Sunday)

सूर्योदय: विहान ०५:४६ बजे

सूर्यास्त: बेलुका १८:१५ बजे

तिथि : पञ्चमी १५:४७ सम्म, तत्पश्चात् षष्ठी

पक्ष : भाद्र शुक्लपक्ष

नक्षत्र : स्वाती १३:०१ सम्म, तत्पश्चात् विशाखा

योग : ऐन्द्र २२:४४ सम्म, तत्पश्चात् वैधृति

करण : बालव १५:४७ सम्म, तत्पश्चात् कौलव

चन्द्रराशि: तुला

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिका व्यक्तिहरुको आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै कृषिक्षेत्रबाट पनि लाभ लिन सकिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट फाइदा लिने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। काममा उचित समय दिन सकिंदैन। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ। आफन्त तथा साथीभाईसँग विवाद पर्न सक्ने रहेकाले ध्यान दिनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ। अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनुपर्छ। आयआर्जनको क्षेत्र आज मध्यम रहन सक्छ। पढाईमा अलिक मेहनत गर्नुपर्ने समय छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा उत्साह र उमङ्ग रहन सक्छ। शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ। नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ। विद्यार्थीहरुको पढाईमा ध्यान जान सक्ने र राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभव हुने र काम गर्ने जोशजाँगर कम हुन सक्छ। विद्यार्थीहरुले पढाईमा उचित ध्यान दिन नसक्दा उचित परिणाम प्राप्त गर्न कठिन हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मेहनतले गरिएको कामबाट लाभ हुने समय छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । पारिवारिक तथा प्रेम सम्बन्ध राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईबाट सफलता प्राप्त गर्न सक्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा सामान्य विवाद आएपनि त्यसलाई समाधान गर्न सक्ने समय छ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिन जरुरी छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुने व्यक्तिहरुको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । धनको हानि हुन सक्ने समय छ। सहकर्मी तथा मित्रबाट असहयोग हुन सक्छ भने जीवनसाथीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ वैशाख १० गते बिहिबार इ.सं. : 23th April 2026 (Thursday) सूर्योदय: बिहान ०५:३४ बजे सूर्यास्त: बेलुका १८:३२ बजे तिथि : सप्तमी २५:४८ सम्म, तत्पश्चात् अष्टमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : पुनर्वसु २५:४७ सम्म, तत्पश्चात् तिष्य योग : सुकर्मा १०:५८ सम्म, तत्पश्चात् धृति करण : वणिज १३:४८ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ८ गते मङ्गलबार इ.सं. : 21th April 2026 (Tuesday) सूर्योदय: बिहान ०५:३६ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : चतुर्थी ०८:४४ सम्म, तत्पश्चात् पञ्चमी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : रोहिणी ०६:२७ सम्म, तत्पश्चात् मृगशिरा योग : शोभन १६:५९ सम्म, तत्पश्चात् अतिगण्ड करण : विष्टि ०८:४४ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ वैशाख ७ गते सोमबार इ.सं. : 20th April 2026 (Monday) सूर्योदय: बिहान ०५:३७ बजे सूर्यास्त: बेलुका १८:३१ बजे तिथि : तृतीया ११:१० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : वैशाख शुक्लपक्ष नक्षत्र : कृत्तिका ०८:०६ सम्म, तत्पश्चात् रोहिणी योग : सौभाग्य २०:०५ सम्म, तत्पश्चात् शोभन करण : गर ११:१० सम्म, तत्पश्चात् […]