३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

आज मिति वि. सं. : २०८१ भदौँ १५ गते शनिबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र १५, २०८१

आज मिति वि. सं. : २०८१ भदौँ १५ गते शनिबार

इ.सं. : 31th August 2024 (Saturday)

सूर्योदय: विहान ०५:४२ बजे

सूर्यास्त: बेलुका १८:२४ बजे

तिथि : त्रयोदशी २८:०० सम्म, तत्पश्चात् चतुर्दशी

पक्ष : भाद्र कृष्णपक्ष

नक्षत्र : तिष्य २१:२३ सम्म, तत्पश्चात् अश्लेषा

योग : वरियान् २०:२४ सम्म, तत्पश्चात् परिघ

करण : गर १५:४३ सम्म, तत्पश्चात् वणिज

चन्द्रराशि: कर्कट

ऋतु : वर्षा

अयन : दक्षिणायन

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दाजुभाइको काममा सहयोग लिन-दिन सकिने दिन छ । काममा जागर बढ्नेछ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका लागि आज व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मन चञ्चल हुन सक्ने, मानसिक तनाव हुने, गर्न खोजेका काममा रोकावट आउने, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ कामको थालनीका लागि पनि आज राम्रो छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समय राम्रो छ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ र काम गर्ने उत्साह बढ्न सक्छ ।व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय मध्यम छ। सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुनेछन्। नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुन सक्छन्। पढाईमा मन लाग्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय त्यति राम्रो छैन। मानसिक चिन्ता बढ्नेछ । साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमबाट राम्रो लाभ पाइने समय । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । पढाईमा राम्रो प्रगति हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ। आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज मीन राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । स्वास्थ्य सामान्य रहन सक्छ। विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने समय छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ जेठ ३० गते, शनिबार इ.सं. : 13th June 2026 (Saturday) सूर्योदय : बिहान ०५:०४ बजे सूर्यास्त : बेलुका १८:५२ बजे तिथि : एकादशी पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : वृष ऋतु : ग्रीष्म अयन : उत्तरायण ━━━━━━━━━━━━━━━ आजको राशिफल  मेष राशि आज केही उतार–चढाव देखिन सक्छ। धैर्य र संयम अपनाउनु […]

आज मिति वि.सं. : २०८३ जेठ २९ गते, शुक्रबारइ.सं. : 12th June 2026 (Friday) सूर्योदय : बिहान ०५:०४ बजेसूर्यास्त : बेलुका १८:५१ बजे तिथि : दशमीपक्ष : आषाढ कृष्णपक्षचन्द्रराशि : मेषऋतु : ग्रीष्मअयन : उत्तरायण ━━━━━━━━━━━━━━━  आजको राशिफल मेष राशि आज ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ काम सुरु गर्न अनुकूल समय छ। आर्थिक लाभका अवसर […]

आज मिति वि.सं. : २०८३ जेठ २८ गते, बिहिबार इ.सं. : 11th June 2026 (Thursday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:५१ बजे तिथि : नवमी पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : मेष ऋतु : ग्रीष्म अयन : उत्तरायण ━━━━━━━━━━━━━━━ आजको राशिफल मेष राशि आज उत्साह र ऊर्जा बढ्नेछ। नयाँ काम सुरु गर्न […]