०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

एमाले सुदुरपश्चिम प्रदेशको छैठौँ बैठक सम्पन्न : गौरा विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिने ।

Logo
HeroNepal-tv प्रकाशित आइतबार, साउन ०६, २०८१

नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको छैठौँ पूर्ण बैठक पार्टी केन्दृय सदस्य तथा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पना थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

पार्टी कार्यालय बिजुलीबजार काठमाडौमा कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा ०५ साउन, २०८१ मा सम्पन्न बैठकले आगामी भाद्र १३ गते “गौरा विशेष सुदुरपश्चचिम सांस्कृतिक कार्यक्रम” आयोजना गर्ने निर्णय गरेको छ ।

उक्त कार्यक्रम सफल पार्नको लागि नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीका अध्यक्ष सुरत खत्रीको संयोजकत्वमा प्रदेश सम्पर्क कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु रहेको मुल आयोजक कमिटी गठन गरेको छ ।

बैठकले कमिटीका उपाध्यक्ष वीर बहादुर धामीको संयोजकत्वमा नौ ओटै जिल्ला सम्पर्क मन्चका उपाध्यक्षहरु सदस्य रहेको मन्च व्यवस्थापन उपसमिति, आर्थिक विभाग प्रमुख दिपेन्द्र खत्रीको संयोजकत्वमा नौ ओटै जिल्ला सम्पर्क मन्चका अध्यक्षहरु सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिती, प्रचार प्रसार विभाग प्रमुख रुपेश साउदको संयोजकत्वमा नौ ओटै जिल्ला सम्पर्क मन्चका सचिवहरु सदस्य रहेको प्रचार प्रसार विभाग उपसमिति, कमिटीमा उपसचिव नरेश धमेनाको संयोजकत्वमा नौ ओटै जिल्ला सम्पर्क मन्चका उपसचिवहरु सदस्य रहेको स्वयंसेवक व्यवस्थापन उपसमिति, कमिटीका उपसचिव पार्वती कडायतको संयोजकत्वमा कमिटीका सम्पूर्ण महिला सदस्यहरु र नौ ओटै जिल्ला सम्पर्क मन्चका महिला उपाध्यक्षहरु सदस्य रहेको अतिथि सत्कार उपसमिती र सर्जक/कलाकार/संगीयकार बिनोद बाजुरालीको संयोजकत्वमा कलाकार संयोजन उपसमिति गठन गरेको कुरा कमिटीका सचिव खगेन्द्र साउदले हिरोनेपाल टिभी सँग बताउनुभएको छ ।

बैठकले बिजया दशमीको पूर्व सन्ध्यामा विमोचन गर्नेगरी मुखपत्र प्रकशन गर्ने निर्णय समेत गरेको छ । सुदुरपस्चिमको पर्यटन तथा संस्कृतिको वास्तविक चित्रण गर्नेगरी वास्तविक डाटाबेसमा तयार गरिने मुखपत्र प्रकाशनको जिम्मा कमिटीका प्रचार प्रसार तथा सूचना प्रबिधी संयोजक रुपेश साउद लाई दिईएको छ ।

बैठकले सदस्यता नविकरण तथा पालिका सम्मेलनको कार्य यथासक्य छिटो सम्पन्न गरि वार्षिक कार्ययोजन अपेश गर्न नौ ओटै जिल्ला सम्पर्क मन्चका अध्यक्षहरुलाई निर्देशन दिएको छ ।
बैठकमा प्रमुख अतिथि कल्पना थापा, अतिथिहरु नेकपा(एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, प्रदेश कमिटी सचिव रण बहादुर बम, सम्पर्क समन्वय कमिटी सदस्य भैरव बहादुर बोहराले आफ्नो महत्वपूर्ण धारणा रख्नुहुदै कमिटीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम सफल पार्न कुनै कसुर बाँकी नराख्ने धारणा राख्नुभएको थियो ।
नौ ओटै जिल्ला सम्पर्क मन्चका अध्यक्षहरुको रिपोर्टिङबाट सुरु भएको बैठकमा प्रचार प्रसार विभाग प्रमुख रुपेश साउद, कमिटीका सदस्य सुदर्शन साउद, बिडी जोशी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कमिटीका सचिव खगेन्द्र साउदले सन्चालन गर्नुभएको बैठकमा सम्पर्क समन्वय कमिटीका सदस्य जानुका रोकाया, राजेन्द्र बहादुर चन्द, राम प्रसाद पान्डे, राम प्रसाद रिमाल र पूर्णिमा गिरिले अतिथ्यता ग्रहण गर्नुभएको थियो ।
“हामीले बृहत खालको गौरा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छौँ, यो कार्यक्रम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा सम्पन्न गर्नेछौँ, सम्पूर्ण कलाकार तथा सम्बन्धीत सबै कमरेडहरुले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने अपेक्षा गरेका छौँ” बैठकपछि हिरोनेपाल सँग कुरा गर्दै कमिटीका अध्यक्ष सुरत खत्रीले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]