०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

विवाह बन्धन बाँधिए विप्लव पुत्र प्रकाश, खर्च ३० हजार

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ११, २०८०

नेकपा निकट जनस्वास्थ्यकर्मी संघका महासचिव डा. प्रकाशले मान्यता थापासँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

चितवनकी मान्यता पनि पेशाले प्रकाशजस्तै चिकित्सक हुन् । विवाह कार्यक्रमको व्यानरमा उनको नामपछाडि सी थर लेखिएको थियो । नेकपाको केन्द्रीय समिति बैठकले केही समयअघि पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो थर हटाएर सी लेख्ने निर्णय गरेको थियो ।

‘प्रगतिशील विवाह कार्यक्रम’को व्यानरमुनि बिना तामझाम नेकपाको केन्द्रीय कार्यालय, कपिलवस्तुमा बुधबार विवाह भएको हो ।

पार्टी केन्द्रीय समितिले आयोजना गरेको विवाह कार्यक्रममा प्रकाश सदाझैं सर्ट र पाइन्टमा उपस्थित थिए भने डा. मान्यता सारी र ब्लाउजमा सामान्य ढंगले सजिएकी थिइन् ।

पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर निकै संक्षिप्त रूपमा गरिएको विवाह कार्यक्रममा ३० हजार रूपैयाँ मात्र खर्च भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]