२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

विवाह बन्धन बाँधिए विप्लव पुत्र प्रकाश, खर्च ३० हजार

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ११, २०८०

नेकपा निकट जनस्वास्थ्यकर्मी संघका महासचिव डा. प्रकाशले मान्यता थापासँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

चितवनकी मान्यता पनि पेशाले प्रकाशजस्तै चिकित्सक हुन् । विवाह कार्यक्रमको व्यानरमा उनको नामपछाडि सी थर लेखिएको थियो । नेकपाको केन्द्रीय समिति बैठकले केही समयअघि पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो थर हटाएर सी लेख्ने निर्णय गरेको थियो ।

‘प्रगतिशील विवाह कार्यक्रम’को व्यानरमुनि बिना तामझाम नेकपाको केन्द्रीय कार्यालय, कपिलवस्तुमा बुधबार विवाह भएको हो ।

पार्टी केन्द्रीय समितिले आयोजना गरेको विवाह कार्यक्रममा प्रकाश सदाझैं सर्ट र पाइन्टमा उपस्थित थिए भने डा. मान्यता सारी र ब्लाउजमा सामान्य ढंगले सजिएकी थिइन् ।

पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर निकै संक्षिप्त रूपमा गरिएको विवाह कार्यक्रममा ३० हजार रूपैयाँ मात्र खर्च भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]