२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

NRNA मलेसियाद्वारा आयोजित तिज बिशेष शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०१, २०८०

क्ववालालम्पुर  – मलेसिया :   गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय परिषद एनसीसी मलेसियाको आयोजनामा आयोजित हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज विशेष शुभकामना आदानप्रदान र दरखाने कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएको छ ।

१७ सेप्टेम्बर २०२३ आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटल ग्रान्ड क्यान्टिनेटलमा संघका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराम पौडेलको प्रमुख अथित्यतामा साथै मलेसियामा रहेका विभिन्न संघसंस्थाको अतिथि प्रतिनिधिहरुको बिच संस्कृतिक कार्यक्रम गरि तिज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

सो तिज बिशेष कार्यक्रममा विशेष अतिथि नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाका प्रथम सचिव बलिराम प्रसाद धामी , द्धितिय सचिव तथा प्रशासन बिभाग प्रमुख प्रेम बुढथापा , श्रम काउन्सिलर भोलानाथ गुरागाई, श्रम सहचारी दिलीप खड्का, तृतीय सचिव निर्मला केसी लगायतको उपस्थिति रहेको थियो भने। एनआरएनए मलेसियाका संस्थापक / संरक्षक शंकर बहादुर पौडेल, क्लान येसोसियन संस्थापक रोशन राणा लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी अतिथिहरुमा रिया मनि ट्रान्सर्फमरका मलेसिया कन्ट्री म्यानेजर रमेश चौलागाई, एक्रोश ट्राभल्सका डाइरेक्टर मन्दिप भट्टराई, बिजनेस सोसाइटीका इश्वर लाल श्रेष्ठ, वैदेशिक रोजगार व्यवसायिक संघ मलेसियाका कमल गौतम, जिपिएल रेमिटान्सका इन्द्र गिरि हिमालय एकेडेमी मलेसियाका सन्तोष भट्ट, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपिन राई उपस्थित रहेका थिए ।

त्यस्तै तामाङ घेदुङ मलेसियाका अध्यक्ष मिलन थिंग तामाङ, किरात राई यायोक्खा शाखा मलेसियाका अध्यक्ष तेज कुमार राई, हेल्प मधेसी मलेसियाका सुरेन्द्र महतो, नेपाल मगर संघ मलेसियाका ऋषि राना, सुदुर पश्चिमेली नेपाल समाज मलेसियाकाका अध्यक्ष दिनेस खड्का, थारु कल्याणकारिणी सभा मलेसियाका उपाध्यक्ष राधा राना थारु लगायत विभिन्न संघसंस्था व्यावसायिक श्रमिक , पत्रकार , नेपाली श्रमिक दिदीबहिनी दाजुभाइ र राजनीतिक दलको प्रतिनिधि, अतिथिहरुको समेत उपस्थिति रहेको थियो ।

तिज विशेष कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन , सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गर्न नेपाल बाट आमन्त्रित राष्ट्रिय कलाकारहरु सबिता तामाङ सिङ्गर एण्ड डान्सर, अनु पराजुली एक्टर मोडल, भावना आचार्य सिङ्गर, र डान्सर जुना कार्की लगायत स्थानीय कलाकार हरुले संस्कृति कला प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाका महिला उपाध्यक्ष लिला मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संघका उपाध्यक्ष हेमराज सापकोटाले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूत डिल्लीराज पौडेल , एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा लगायत उपस्थित अतिथिहरुले तिजको दरखाने र तिज पर्वको उपलक्ष्यमा पालैपालो शुभकामना मनतव्य दिइएका थिए ।

फाेटाे फिचर   ं.  सहक्रर्मी कृष्ण गुप्ता 📷

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]