०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

आज मिति वि. सं. : २०८१ वैशाख २ गते आइतबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

आज मिति वि. सं. : २०८१ वैशाख २ गते आइतबार

इ.सं. : 14th April 2024 (Sunday)

सूर्योदय: विहान ०५:४२ बजे

सूर्यास्त: बेलुका १८:२८ बजे

तिथि : षष्ठी १६:०३ सम्म, तत्पश्चात् सप्तमी

पक्ष : चैत्र शुक्लपक्ष

नक्षत्र : आर्द्रा २९:३६ सम्म, तत्पश्चात् पुनर्वसु

योग : अतिगण्ड २७:३० सम्म, तत्पश्चात् सुकर्मा

करण : तैतिल १६:०३ सम्म, तत्पश्चात् गर

चन्द्रराशि: मिथुन

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आम्दानी सामान्य भएपनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाइलो यात्राको अवसर जुट्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ। अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैतृक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]