०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

गैर आवासिय नेपाली संघ (NRNA) मलेसियाले तीज विशेष कार्यक्रम गर्ने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

क्वालालम्पुर -मलेसिया :- गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले हिन्दु धर्म्वालम्बी नेपाली नारीहरुकाे महानचाँड हरितालिका तीज पर्वकाे अवसर पारेर मलेसियामा रहेका विशेष गरि महिला दिदिबहिनी हरुको लागि तीज विशेष कार्यक्रम आयोजना गर्ने भएकाे छ।

मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुको माइती संस्थाकाे रुपमा  गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न सकुन र महिला दिदिबहिनी हरुका समस्या खुलेर राख्न सकुन,भन्ने उदेश्यले संघले तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष बिनोद थापाले बताए ।

कोभिडका कारण गत बर्ष कार्यक्रम हुन नसकेतापनि एसियालि अन्य देशहरुमा जस्तै संघ ले मलेसियामा पहिलेदेखीनै तिज विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । जसबाट महिला दिदिबहिनीहरुमा सशक्तिकरण र आपसी भाईचाराको सम्बन्ध बढ्दैजाने आफ्ना समस्या खुलेर राख्न सक्ने र संघमा महिला दिदिबहिनी हरु पनि समेटिनुपर्छ भन्ने मनोभाव बढेर जाने विश्वास संघले लिएको कार्यक्रम अध्यक्ष थापालाई उद्धत गर्दै एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजक र २०२३-२०२५ का संयोजक का उम्मेद्बार हरि भट्टराई ले जानकारी दिए ।

कार्यक्रम यहि आउदाे सन् २०२३, सेप्टेम्बर १७ तारिख आईतबारका दिन (hotel grand Continental) मा आयोजना हुनेछ भने उक्त शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा मनोरंजन र सांगीतिक प्रस्तुति दिन गायिका तथा नृत्यङ्गना सम्झना तामाङ , मोडल अनु पराजुली , गायिका भवाना आचार्य र नृत्यङ्गना जुना कार्की लाई निमन्त्रणा गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ माघ ७ गते बुधबार इ.सं. : 21th January 2026 (Wednesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३४ बजे तिथि : तृतीया २६:२१ सम्म, तत्पश्चात् चतुर्थी पक्ष : माघ शुक्लपक्ष नक्षत्र : धनिष्ठा १४:०९ सम्म, तत्पश्चात् शतभिषा योग : व्यतीपात १९:२८ सम्म, तत्पश्चात् वरियान् करण : तैतिल १४:३२ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८२ माघ ६ गते मङ्गलबार इ.सं. : 20th January 2026 (Tuesday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३३ बजे तिथि : द्वितीया २६:३५ सम्म, तत्पश्चात् तृतीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : श्रवण १३:३३ सम्म, तत्पश्चात् धनिष्ठा योग : सिद्धि २०:४६ सम्म, तत्पश्चात् व्यतीपात करण : बालव १४:३१ सम्म, तत्पश्चात् […]

आज मितिवि. सं. : २०८२ माघ ५ गते सोमबार इ.सं. : 19th January 2026 (Monday) सूर्योदय: बिहान ६:५७ बजे सूर्यास्त: बेलुका १७:३२ बजे तिथि : प्रतिपदा २६:१९ सम्म, तत्पश्चात् द्वितीया पक्ष : माघ शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १२:२७ सम्म, तत्पश्चात् श्रवण योग : वज्र २१:४० सम्म, तत्पश्चात् सिद्धि करण : किंष्तुघ्न १३:५९ सम्म, तत्पश्चात् बव […]