०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

गैर आवासिय नेपाली संघ (NRNA) मलेसियाले तीज विशेष कार्यक्रम गर्ने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

क्वालालम्पुर -मलेसिया :- गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले हिन्दु धर्म्वालम्बी नेपाली नारीहरुकाे महानचाँड हरितालिका तीज पर्वकाे अवसर पारेर मलेसियामा रहेका विशेष गरि महिला दिदिबहिनी हरुको लागि तीज विशेष कार्यक्रम आयोजना गर्ने भएकाे छ।

मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुको माइती संस्थाकाे रुपमा  गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न सकुन र महिला दिदिबहिनी हरुका समस्या खुलेर राख्न सकुन,भन्ने उदेश्यले संघले तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष बिनोद थापाले बताए ।

कोभिडका कारण गत बर्ष कार्यक्रम हुन नसकेतापनि एसियालि अन्य देशहरुमा जस्तै संघ ले मलेसियामा पहिलेदेखीनै तिज विशेष कार्यक्रम आयोजना गर्दै आएको थियो । जसबाट महिला दिदिबहिनीहरुमा सशक्तिकरण र आपसी भाईचाराको सम्बन्ध बढ्दैजाने आफ्ना समस्या खुलेर राख्न सक्ने र संघमा महिला दिदिबहिनी हरु पनि समेटिनुपर्छ भन्ने मनोभाव बढेर जाने विश्वास संघले लिएको कार्यक्रम अध्यक्ष थापालाई उद्धत गर्दै एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप-संयोजक र २०२३-२०२५ का संयोजक का उम्मेद्बार हरि भट्टराई ले जानकारी दिए ।

कार्यक्रम यहि आउदाे सन् २०२३, सेप्टेम्बर १७ तारिख आईतबारका दिन (hotel grand Continental) मा आयोजना हुनेछ भने उक्त शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा मनोरंजन र सांगीतिक प्रस्तुति दिन गायिका तथा नृत्यङ्गना सम्झना तामाङ , मोडल अनु पराजुली , गायिका भवाना आचार्य र नृत्यङ्गना जुना कार्की लाई निमन्त्रणा गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]