०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

दशाैँदी समाज नेपालद्वारा केन्द्रीय सल्लाहकार समिति घाेषणा संगै सदस्य समेतकाे नामावली प्रकासन

Logo
HeroNepal-tv प्रकाशित सोमबार, चैत्र २६, २०८०

सुर्खेत : दशाैँदी समाज नेपाल केन्द्रीय समितिले २२ सदस्य संख्या रहने गरि हाललाई २० जनाकाे किन्द्रीय सल्लाहकार समिति घाेषणा गरेकाे छ। गत चैत्र १८ गते  केन्द्रीय संस्थापन समितिकाे अनलाइन भर्चुवल माध्यमबाट बसेकाे पुर्ण  बैठकले  केन्द्रीय  समितिमा केन्द्रीय सल्लाहकारका लागि प्रस्ताव भएका २० जना सदस्यलाई अनुमाेदन गरेकाे हाे।

गत चैत्र १० गते संस्थापन केन्द्रीय समितिकाे बैठकले केन्दीय सल्लाहकार समितिमा २२ सदस्य रहने र चैत्र १८ गतेकाे केन्द्रीय समिति बैठकमा सल्लाहकार समितिकालागी दशाैँदी समाज नेपालकाे सदस्यता लगि सकेका सदस्यहरु भित्रबाट नामहरु प्रस्ताव गर्ने निर्णय गरेकाे थियाे।

संस्थाले सल्लाहकार समितिका लागि नामहरु चयन गर्ने जिम्मा समाजका बरिष्ठ उपाध्यक्ष प्रकाश क्षेत्री, सचिव मनाेजकुमार दशाैँदी र सह-सचिव लाेकेन्द्र दशाैँदी  लगायतकाे टिमलाई दिएकाे थियाे।

उक्त टिमले सम्पुर्ण भुगाेल, याेग्यता, अनुभवमा आधारमा समितिका लागि नामहरु सिफारिस गरेकाे हाे।

अनुमाेदित केन्द्रीय शल्लाकारहरुकाे नामावली :-
१. हरिन्द्र कुमार दशौँदी (ठाँटिकाँध ३, दैलेख)
२. केश बहादुर दशौँदी (ठाँटिकाँध ३, दैलेख)
३. रंग बहादुर क्षेत्री (ठाँटिकाँध ३, दैलेख)
४. दान बहादुर क्षेत्री (ठाँटिकाँध ३, दैलेख)
५. हरिहर दसौदी (महाबु ३, बाँसी,दैलेख)
६. धन बहादुर दशौँदी (महाबु ३, बाँसी,दैलेख)
७. प्रेम बहादुर दसुनी (वि.न.पा ४,सुर्खेत)
८. रत्न क्षेत्री (वि.न.पा १४,सुर्खेत)
९. लक्ष्मी बहादुर क्षेत्री (वि.न.पा ३,सुर्खेत)
१०.मदन बहादुर क्षेत्री (वि.न.पा ६,सुर्खेत)
११. बम बहादुर क्षेत्री (नेपालगन्ज २,बाँके)
१२. इन्द्र बहादुर दशौँदी क्षेत्री (ठाँटिकाँध ३,दैलेख)
१३. नगेन्द्र बहादुर दशौँदी (नेपालगन्ज ३,बाँके)
१४ .हेमराज दसौदी (रुन्टीगढी ५,रोल्पा)
१५. भुपेन्द्र दशौदी (रुन्टीगढी ५,रोल्पा )
१६. ओम प्रकास दसौदी (रुन्टीगढी ५,रोल्पा)
१७. लुद्र बहादुर दसौदी (रुन्टीगढी ५,रोल्पा)
१८. बिष्णु बहादुर दसौदी (रुन्टीगढी ५,रोल्पा)
१९. बासुदेव दशौदी (खप्रेङ्गखोला ८,प्युठान)
२०. सिताराम दसौदी (छाँयाक्षेत्र ८,गोदे,सल्यान)

यस्तै, दशाैँदी समाज नेपाल, नेपाल सरकारवाट मान्यता प्राप्त एउटा विसुद्व नाफा वितरण नगर्ने सामाजिक संस्थाकाे रुपमा गत २०८० कार्तिकमा नेपाल सरकार समक्ष दर्ता भएकाे हाे ।

विशेष गरि दशाैँदी समाज नेपाल अधिराज्यभर छरिएर बसेका दशाैँदी क्षेत्री जात अन्तरगत रहेका सम्पुर्ण दशाैँदीहरुलाई एकताकाे एउटै मालामा उनेर दशाैँदीहरुकाे पहिचान स्थापितर गरि दशाैँदीहरुकाे बंसावली निर्माण गर्नुका साथै विभिन्न सेवामुलक सामाजिक कार्यहरु गर्ने मुख्य उद्धेश्यका साथ स्थापना भएकाे समामाजिक संस्था हाे।

यस संस्थामा हाल ११ जनाकाे संस्थापन केद्रीय समिति रहेकाे छ। जसमा
अध्यक्ष : भक्त बहादुर दशाैँदी
उपाध्यक्ष : चेतन कुमार दशाैँदी
बरिष्ठ उपाध्यक्ष : प्रकाश क्षेत्री
सचिव : मनाेज कुमार दशाैँदी
सहसचिव: लाेकेन्द्र कुमार दशाैँदी
काेषाध्यक्ष : खम्विरा के.शी दशाैँदी
सदस्य : राजन कुमार दशाैँदी क्षेत्री
सदस्य : बसन्त दशाैदी
सदस्य : गणेश कुमार दशाैँदी
सदस्य : उमेश दशाैँदी
सदस्य सुर्य बहादुर दशाैँदी छन्।

यस्तै, दशाैँदी समाज नेपालले संस्थाकाे बजेट निर्माणका लागि हाल हरेक केन्द्रीय समिति सदस्यबाट हरेक महिनाकाे मासिक बैठकमा मासिक लेवि उठाईरहेकाे छ भने नयाँ बन्ने हरेक सदस्यहरुबाट सदस्यता दस्तुर  २०० रूपैयाँका दरले संकलन गरिरहेकाे छ।

दशाैँदी समाज नेपालले पहिलाे चरणकाे सदस्यता वितरण गत २०८० फागुन अन्तिमबाट राेकेकाे छ।

संस्थाले दाेस्राे चरणकाे सदस्यता वितरण आउदाे २०८१ बैशाख १ बाट सुरु गर्ने संस्थाले जनाएकाे छ।

हालसम्म सदस्यतामा समावेश भएका जिल्लाहरुमा : दैलेख, सुर्खेत, बांके, दाँङ, सल्यान, प्युठान, राेल्पा गरि ७ जिल्ला समावेश छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]