०७ साउन २०८३, बिहिबार
23-07-2026 , Thu
×

आज मिति वि. सं. : २०८० चैत ७ गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, चैत्र ०७, २०८०

आज मिति वि. सं. : २०८० चैत ७ गते बुधबार

इ.सं. : 20th March 2024 (Wednesday)

सूर्योदय: विहान 06:10 बजे

सूर्यास्त: बेलुका 18:15 बजे

तिथि : एकादशी 28:24 सम्म, तत्पश्चात् द्वादशी

पक्ष : फाल्गुन शुक्लपक्ष

नक्षत्र : तिष्य 24:48 सम्म, तत्पश्चात् अश्लेषा

योग : अतिगण्ड 19:21 सम्म, तत्पश्चात् सुकर्मा

करण : वणिज 15:47 सम्म, तत्पश्चात् विष्टि

चन्द्रराशि: कर्कट

ऋतु : वसन्त

अयन : उत्तरायण

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चन्द्रमाको गोचर आज तपाईंको राशिबाट चतुर्थ भावमा रहने भएकाले अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बृष राशिबाट आज चन्द्रमाको गोचर तृतीय भावमा रहने भएकाले दाजुभाइको काममा सहयोग लिन-दिन सकिने दिन छ । काममा जागर बढ्नेछ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशिका लागि आज व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिबाट चन्द्रमाको गोचर प्रथममा रहने भएकाले पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले रहने भएकाले समय सामान्य रहन सक्छ। आज मन चञ्चल हुन सक्ने, मानसिक तनाव हुने, गर्न खोजेका काममा रोकावट आउने, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ कामको थालनीका लागि पनि आज राम्रो छैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि एकादश गोचरको चन्द्रमाको शुभ प्रभावले आज समय राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज चन्द्रमा ग्रहको दशम गोचरको शुभ प्रभावले गर्दा तुला राशि व्यक्तिहरुको लागि समय राम्रो छ । विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ। स्वास्थ्य पनि आज राम्रो रहन सक्छ र काम गर्ने उत्साह बढ्न सक्छ ।व्यवसायबाट राम्रो लाभ लिन सक्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमा ग्रहको गोचर वृश्चिक राशिबाट नवम स्थानमा रहने भएकाले समय मध्यम छ। सामाजिक तथा धार्मिक क्षेत्रमा गरिएका कामहरु सफल हुनेछन्। नयाँ काम सुरु नगरे पनि पहिले गरिएका कामहरु सफल हुन सक्छन्। पढाईमा मन लाग्न सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिबाट चन्द्रमाको गोचर आज अष्टम भावमा रहने भएकाले सिंह राशिका व्यक्तिहरुलाई आज समय त्यति राम्रो छैन। मानसिक चिन्ता बढ्नेछ । साथीभाई तथा आफन्तबाट असहयोग हुन सक्छ। आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज चन्द्रमाको गोचर सप्तम भावमा रहने भएकाले अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमबाट राम्रो लाभ पाइने समय । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । पढाईमा राम्रो प्रगति हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चन्द्रमाको गोचर आज तपाईंको राशिबाट षष्ठ भावमा रहने भएकाले आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ। आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

चन्द्रमाको पञ्चम गोचरले आज मीन राशिका व्यक्तिहरु बौद्धिक प्रतिस्पर्धामा विजयी हुनेछन् । स्वास्थ्य सामान्य रहन सक्छ। विद्यार्थीले पढाईमा राम्रो प्रगति गर्ने समय छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ साउन ५ गते मंगलबारइ.सं. : 21st July 2026 (Tuesday)सूर्योदय : बिहान ०५:२२ बजेसूर्यास्त : बेलुका १८:५८ बजेतिथि : षष्ठीपक्ष : श्रावण शुक्लपक्षचन्द्रराशि : कन्याऋतु : वर्षाअयन : दक्षिणायन आजको राशिफल मेष राशि व्यवसायिक क्षेत्रमा नयाँ अवसर प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्नेछ र महत्त्वपूर्ण निर्णय लिन सहज […]

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

आज मिति वि.सं. : २०८३ साउन २ गते, शनिबार इ.सं. : 18th July 2026 (Saturday) सूर्योदय : बिहान ०५:१६ बजे सूर्यास्त : बेलुका १८:५४ बजे तिथि : चतुर्थी पक्ष : श्रावण कृष्णपक्ष चन्द्रराशि : कन्या ऋतु : वर्षा अयन : दक्षिणायन आजको विस्तृत राशिफल मेष राशि आज रोकिएका कामहरू पुनः सुरु हुनेछन्। पुराना ऋण वा […]