२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन,आपतकालीन उद्धार टोली तयारी अवस्थामा

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, फाल्गुण २५, २०८०

काठमाडौं । सरकारले महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेर सुरक्षाकर्मी परिचालन गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरीका अनुसार प्रहरी जनशक्ति विहीबार राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीको नेतृत्वमा टोली खटिने छ ।

पशुपति क्षेत्रमा हुन सक्ने अवान्छित गतिविधिलाई ड्रोनबाट समेत निगरानीको व्यवस्था मिलाइएको छ ।

पशुपति क्षेत्रमा आपतकालीन उद्धार टोली र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८२ मङ्सिर २१ गते आइतबार इ.सं. : 7th December 2025 (Sunday) सूर्योदय: बिहान ६:४३ बजे सूर्यास्त: बेलुका १७:०७ बजे तिथि : तृतीया २३:०० सम्म, तत्पश्चात् चतुर्थी पक्ष : पौष कृष्णपक्ष नक्षत्र : आर्द्रा १०:४० सम्म, तत्पश्चात् पुनर्वसु योग : शुक्ल २५:३१ सम्म, तत्पश्चात् ब्रह्म करण : वणिज ११:५६ सम्म, तत्पश्चात् […]

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]