०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

सुदूर पश्चिमेलि नेपाली समाज मलेशियाकाे गाैरा पर्वकाे शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न ।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र २५, २०८०

क्वालालम्पुर  मलेसिया :  सुदूरपश्चिमको कला साहित्य र संस्कृतिको जगेर्ना साथै पर्यटकीय धार्मिक स्थलहरुको संरक्षण, सम्वर्द्धन तथा प्रचारप्रसार मा टेवा पुर्याउने उदेश्यले सुदुर पस्चिमेली समाज मलेसिया द्वारा आयाेजित  गौरा पर्व तथा सांस्कृतिक कार्यक्रम 10 September 2023  आईतबारका दिन सम्पन्न भएकाे छ।

 

सुदुर पस्चिमेलि समाज मलेसियाका अध्यक्ष दिनेश खड्का खप्तडिकाे अध्यक्षता र  नेपाली राजदूतावास मलेसियाका कार्यबाहक राजदूत एवं प्रथम सचिव बलिराम प्रसाद धामि काे आतिथ्यतामा सुदूरपश्चिममा मनाईने गौरा पर्वकाे शुभकामना कार्यक्रम  भब्य रुपमा सम्पन्न भएकाे हाे ।

होटल ग्रान्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजना गरिएको कार्यक्रममा विशिष्ट अतिथि नेपाली राजदूतावास मलेसियाका दिर्तिय सचिव एव प्रशासनिक अधिकृत आदरणीय प्रेमबहादुर बुडथापा नेपाली राजदूतावास मलेसियाका लेखा अधिकृत निर्मला केसि,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष यज्ञ राज सुबेदी ,एनआरएनए प्यासिफिक क्षेत्रीय उपसंयोजक आदरणीय हरि भट्टराई, गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष आदरणीय बिनोद कुमार थापा , गैर आवासीय नेपाली संघ मलेसियाका प्रथम उपाध्यक्ष आदरणीय राकेश महतो, प्रवासि नेपाली मंच का अध्यक्ष आदरणीय दयाराम कुमाल, जनसम्पर्क समिति मलेसियाका सभापति आदरणीय चोलाकान्त पगेनि , एनआरएनए आईसीसी सदस्य आदरणीय सेर बहादुर गुरुङ, (मलेसिया ) एनआरएनए आइसिसी सदस्य आदरणीय बिमल सुबेदी ज्यू(कोरिया )सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष एव एनआरएनए थाईल्याण्ड का सचिव राज बहादुर साउँद ज्यू हिमालय एकडेमि मलेसियाका संयोजक सन्तोष भट्ट , यसैगरी अतिथि हरुमा बैदेशिक रोजगार बिभाग मलेसियाका संयोजक कमल गौतम , बारा अनलाईन खबरका प्रकाशक कृष्ण गुप्ता  , हिरो नेपाल टिभिका प्रकाशक मनोज डि सी ,रासपा मलेसियाका उप संयोजक मिलन शाहि ,किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिल केरुङ , हिमाल रेमिट मलेसियाका प्रतिनिधि प्रदिप आर्चाय, एनएमबि बैंक मलेसियाका प्रमुख मुकेश गुरागाईं, भोजपुर समाजका अध्यक्ष खेमराज खत्री, किरात राई यायोक्खा का अध्यक्ष तेजकुमार राई, एनआरएनए जोहोरबारुका संरक्षक हरि बहादुर बस्नेत,मना समाज मलेसियाका महासचिव केश रोका , नेपाल आदिवासि जनजाति महासंघ मलेसियाका बरिष्ठ उपाध्यक्ष पदमराज लिम्बु ,कलाकार संयोजक डेभिट घिमिरे ( देवराज) , थारु, कल्याणकारिणी सभा मलेसियाकि उपाध्यक्ष राधा राना चौधरि लगायत मलेसियामा क्रियासिल बिभिन्न संघ-संस्थाका अध्यक्ष  तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालबाट आफ्नो प्रस्तुति सहित सांकृतिक कार्यक्रममा सहभागी  देउडा गायक नरेश चोखाल साथै नेपाली साङ्गीतिक क्षेत्रमा उदाउदै गरेका स्थानीय सम्पुर्ण कलाकारहरुकाे समेत बेजाेड प्रस्तुती रहेकाे थाेयाे।

कार्यक्रमलाई सफल पार्नको लागि सस्थाका
संरक्षक टेक बहादुर बुढा,  प्रमुख सल्लाहकार टेक बहादुर टमोटा  , आयोजक केन्द्रीय समिति परिवार का सबै  सहित पेनाङ्ग सम्पुर्ण कार्यसमिति परिवार, जोहोरबारु सम्पुर्ण कार्यसमिति , सेलाङ सम्पुर्ण कार्यसमिति, , मल्लका कार्यसमिति जोहोरबारु र पेनाङ्ग समितिकाे  महत्वपुर्ण भुमिका देखिन्थ्याे।

कार्यक्रमा मुख्य प्रायोजक उग्रतारा रेष्टुरेन्ट कोतारिया, न्यू उग्रतारा रेष्टुरेन्ट सेरबान ,र सह-प्रयोजनक मा वरपिपल रेष्टुरेन्ट केलाङ, डे काष्ठमण्डप बुक्ति बिन्ताङ,बम राजा इन्टरप्राइजेज सेनाई जोहोर , दिप ज्योति रेष्टुरेन्ट कोतरायालाई रहेका थिए।

कार्यक्रम सन्चालन भने सुदुर पस्चिमेली समाज मलेसियाका   उपाध्यक्ष पुर्ण बहादुर बिष्ट र जोहोरबारु क्षेत्रिय उपसचिव कपिल बोहोराले गर्नु भएकाे थियाे । कोभिड १९ पछिको संस्था हरुको मध्य सबै भन्दा  ठुलो र भब्य रुपमा कार्यक्रम सम्मपन्न भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]